"

महेन्द्र, बिपी र कांग्रेस

शुक्रबार, ०८ मङि्सर २०७४, ०९ : ५५ युवराज गौतम


म्याड्रिड सहरमा सन् १९८० को नोभेम्बरमा सोसलिस्ट इन्टरनेसनलको सम्मेलन भयो । बिपी कोइरालाले सो संस्थाको उपाध्यक्षको हैसियतले सारगर्भित मन्तव्य दिए । “आमूल परिवर्तन” जस्ता शब्दहरू अल्पविकसित राष्ट्रमा यदाकदा विषकन्या बनेर आउँछन् र कैयन् राष्ट्रको सभ्यता र इतिहासको घाँटी निमोठ्छन् भन्ने उनको तर्क थियो । अर्को वर्ष सिड्नीमा उनी त्यसरी नै बोले । प्रजातन्त्रवादी र परम्परावादी शक्तिबीच भावनात्मक, कार्यगत, रचनात्मक, रणनीतिक र वैचारिक एकता भएन भने ‘नेपाल एउटा राम्रो राष्ट्रका रूपमा रहँदैन’ भन्ने त्यहाँ ठोकुवा गरे उनले । दुर्भाग्यवश, कांग्रेस आज जुन मार्गमा हिँडेको छ, त्यसमा पुनर्विचार, आत्मसमीक्षा, आत्ममूल्यांकन, पुनरावलोकन, आत्मनिरीक्षण र वस्तुपरक विवेचना गर्नुपर्छ भन्नेहरू अल्पमतमा परेका छन् ।
डुंगामा एउटा प्वाल प¥यो भने त्यहाँबाट पसेको पानीलाई निकास दिन त्यो भन्दा ठूलो अर्को प्वाल पार्नुपर्छ भन्नेहरूको हातमा कांग्रेसको नेतृत्व पुग्यो । सोही पार्टीका नेता (महामन्त्री) शशांक कोइरालाले बीबीसी रेडियोलाई हालै दिएको अन्तर्वार्तामा नेपाली कांग्रेसको आजको नेतृत्व ‘इतिहासको सबैभन्दा कमजोर’ भएको स्वीकार गरेका छन् । २०६२÷०६३ सालपछिको कांग्रेस अभिमान र अहंकारले ग्रस्त रहेको पुराना कांग्रेसीहरूको तर्क छ ।

महामन्त्री शशांक कोइरालाले अन्तर्वार्तामा कांग्रेसको आजको नेतृत्व ‘इतिहासको सबैभन्दा कमजोर’ भएको स्वीकारेका छन् ।

क्रान्ति, परिवर्तन र प्रतिशोधको ज्वरोले कांग्रेसलाई धेरैपल्ट विचलित र दिग्भ्रमित तुल्याएको पाइन्छ । भूल स्वीकार गरेर ‘गलत बाटो हिँडिएछ’ भन्ने पछुतो गर्नुपर्नेमा भीरतिरको ‘अग्रगमन’ स्वीकार्य छ धेरैलाई ।
गिरिजाप्रसाद कोइरालाको जीवन–वृत्तान्त ‘आफ्नै कुरा’ पुस्तकमा भारतीय गुप्तचर निकायको सहायता र निर्देशनमा आफूले नेपालको विमान अपहरण गरेर भारु तीस लाख लुटेको, युरेनियम ओसारेको र नक्कली भारतीय रुपियाँ छापेको कुरा स्पष्ट स्वीकारेका छन् । त्यो भूल थियो कि क्रान्तिको तयारी ? उनी स्पष्ट छैनन् ।
कांग्रेसका पुराना नेता (जो आज अचेत अवस्थामा छन्) चक्रप्रसाद बाँस्तोलाले लेखेका छन्, “हामीले पहिले ‘अपरेसन गणेश’ भनेर राष्ट्र बैंक बालुवाटारको सुन लुट्ने योजना बनायौँ । त्यसका लागि सार्प सुटर र सार्प रनर्सहरू चाहिन्थ्यो । त्यसको बन्दोबस्त हुन नसकेपछि त्यो योजना हाइज्याकिङको बन्यो ।” (कान्तिपुर दैनिक २०६६ चैत १९ गते) । बाँस्तोलाले सो आलेखमा विमान अपहरणको ‘मास्टरमाइन्ड’ गिरिजाप्रसाद कोइराला भएको स्वीकार गरेका छन् । राजनीतिका नाममा अन्तर्राष्ट्रिय आतंकवादको बाटो हिँड्यो कांग्रेस ।
२०३३ साल पुस महिनामा बिपी कोइराला भारतबाट पश्चात्ताप गर्दै स्वदेश फर्के । २०१७ साल पुसदेखि आठ वर्ष नेपालमा थुनिएका कोइरालाले भारतमा रहँदा त्यहाँका गुप्तचरहरूको घेरामै बस्नुपथ्र्यो । उनलाई भेट्न केही कांग्रेसीहरू सारनाथ (बनारस) पुग्थे । घरमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले पठाएका केही ‘अंगरक्षक’ थिए । कोइराला परिवारका एक सदस्य भन्छन्, “सान्दाजु (बिपी) को एउटा बडीगार्डलाई मैले पछि दिल्लीमा भेटेँ, ऊ त गुप्तचर संस्था रअको डिआइजी भइसक्या रहेछ ।”
बिपीका प्रियपात्र थिए श्रीभद्र शर्मा । कांग्रेसको महामन्त्री भइसकेका तनहुँ निवासी शर्माले कोटेश्वरस्थित निवासमा यो पंक्तिकारलाई केही रोचक प्रसंग सुनाएका थिए । राजा महेन्द्रले लेखेको पत्र लिएर उनी बनारस पुग्दा बिपीले ‘घरभित्र राजनीतिक कुरै नगर श्रीभद्र, यहाँ त भारतका गुप्तचर छन्, जताततै उनीहरूले ‘टेप’ गर्छन् भनेछन् । अलि पर सार्वजनिक बगैँचामा गएर हामीले बात मा¥यौँ । महेन्द्रको पत्र पढेपछि बिपीका आँखा रसाए । त्यसमा ‘हिजो जे भयो, भइगयो, अब म र तपाईं मिलेर नेपाललाई सुन्दर र सुदृढ बनाउनुपर्छ’ भनेर लेखिएको शर्माले बताए । बहुदलीय व्यवस्था पुनःस्थापना गर्न २०२८ सालमा राजा महेन्द्रले शम्भुप्रसाद ज्ञवालीलाई संविधान मस्यौदा गर्न लगाएको शर्मालगायतका पुराना नेताहरूले बताएका छन् । तर त्यस्तो संविधान २०२८ साल फागुन ७ गते घोषणा गरिने योजना भए पनि २०२८ साल माघ १७ गते राजा महेन्द्रको चितवनमा स्वर्गवास भएका कारण अधुरै रह्यो ।
महेन्द्रको स्वर्गवासपछि २४ वर्षका युवराज वीरेन्द्र राजगद्दीमा बसे । बिपीका मित्र तथा भारतीय लेखक भोला चटर्जी लेख्छन्, “राजा वीरेन्द्र र बिपीको सम्बन्ध सुमधुर थियो । राजा वीरेन्द्रले क्यान्सरको उपचार गराउन बिपीलाई आर्थिक सहायता गरेका थिए ।” (बिपी कोइरालाः पोट्रेट अफ अ रेभोल्युसनरी)
लेन्डुप दोर्जे सिक्किमको राजतन्त्र फ्ँयाक्ने प्रतिज्ञा गरेर बिपीको विचार बुझ्न बनारस पुगे । त्यहाँको कलेजमा पढिरहेका बलदेव शर्मा मजगैया सम्झिन्छन्, “बिपीले लेन्डुपलाई झपार्नुभयो, ‘सिक्किमलाई नेतृत्व दिने परम्परागत स्थायी शक्ति भएन भने भारतले कब्जा गर्छ’ । नभन्दै त्यस्तै भयो । लेन्डुपले राजा हटाउने खेल खेले भारतको दबाब र इसारामा । त्यसपछि सन् १९७५ मा सिक्किम नै विलय भयो ।” यो पंक्तिकारद्वारा सम्पादित वीरेन्द्र स्मृति ग्रन्थमा मजगैयाले राजतन्त्रबारे बिपी र लेण्डुपको बहस (पृष्ठ १९२) मा रोचक ढंगले वार्ताको चित्रण गरेका छन् ।
राजनीतिज्ञ प्रदीप गिरीले लेखेका छन्, “महाराज रसगोत्रा (नेपालका निम्ति पूर्वभारतीय राजदूत) लाई इन्दिरा गान्धीको प्रतिनिधि बनाएर पठाउँदा रसगोत्राले बिपीलाई भारतमै भनेका थिए “बिहार र उत्तरप्रदेशमा बसेर तपार्इं राजनीतिक गतिविधि गर्न पाउनुहुन्न ।” भनिन्छ, त्यसपछि बिपीले स्वदेश फर्किने निर्णय गरे । जयप्रकाश नारायणलगायतका समाजवादीका निकट बिपी इन्दिराका प्रिय हुन सकेनन् । ४६ वर्षको उमेरमा प्रधानमन्त्री भए बिपी । राजा महेन्द्र उमेरले उनीभन्दा ६ वर्ष कान्छा थिए । राजा महेन्द्रका एकजना पुराना सहयोगी भन्छन्— महेन्द्र र बिपी दुवैको राजनीतिक छलफल हुन्थ्यो । २०१६ सालमा चुनाव जितेपछि बिपीले राजा महेन्द्रसँग ‘सरकार गठनको प्रक्रिया अलि अल्मलियो’ भन्ने गुनासो गरे । राजाले हाँस्दै भने ‘चुनावपछि विजयी हुने दलले संसदीय दलको नेता चुन्नुपर्ने र प्रधानमन्त्री हुने व्यक्तिको टुंगो लगाउनुपर्ने संसदीय परिपाटी रहेको कुरा तपाईंलाई अवगत नै छ । त्यो त भएको देखिएन नि ! यसमा मेरो के भूल छ र !’
कांग्रेसले त्यसपछि संसदीय दलको बैठक गरेर बिपी (विश्वेश्वरप्रसाद) कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय ग¥यो । कतिपय लेखकले चुनाव भइसके पनि सरकार गठनमा राजा महेन्द्रले आलटाल गरिरहे भनेका छन् । कांग्रेसले अनुभवको कमीले समयमै सही निर्णय गर्न नसक्दा सरकार गठनमा विलम्ब भएको पुराना कांग्रेसी नेताहरू स्वीकार्छन् ।
२०३६ सालमा राजा वीरेन्द्रले राष्ट्रिय जनमतसंग्रहको घोषणा गरे । २०३७ साल जेठमा जनमतसंग्रह सम्पन्न भयो । सुधारिएको पञ्चायत व्यवस्थाका पक्षमा ५५ प्रतिशत र बहुदलीय व्यवस्थाका पक्षमा ४५ प्रतिशत जनमत देखियो । बिपीलाई उनका केही अनुयायीले जनमतसंग्रहको परिणाम अस्वीकार गर्न दबाब दिए, तर उनले मानेनन् । बिपीको तर्क थियो, “तपाईं जनमतलाई अनादर गर्न पाउनुहुन्न । प्रजातन्त्रवादीले जनमतको परिणाम स्वीकार गर्नुपर्छ ।”
तत्कालका मात्र नाफाघाटा हेर्नेहरू राजनीतिज्ञ (पोलिटिसियन) मानिन्छन् । ती ब्युटिसियन जस्ता हुन् । क्रिम पाउडर दलेर एकछिनलाई राम्रो देखाउन सक्छन् । तर राष्ट्र र जनताको सुदूर भविष्य हेर्छन् राजनेता (स्टेटस्म्यान) हरू । उनीहरू सिद्धहस्त मूर्तिकार जस्ता हुन्छन् । हजाराँै वर्ष नबिग्रने चिन्तन र विचारको मूर्ति बनाउँछन् । बिपी राजनीतिज्ञ होइन, राजनेता थिए । महेन्द्र राजनेता थिए । राष्ट्र र जनताको हितमा चिन्तन गर्थे । योजना बनाउँथे र सपना सजाउँथे । त्यसैले ती सम्मानित छन् ।
ब्रिटिस मोडलको संसदीय पद्धतिमा राष्ट्रका सबै शक्ति अटाउने हुँदा ‘किङ इन पार्लियामेन्ट’ अवधारणामा आधारित संसदीय पद्धति नेपालको हितमा छ भन्ने सोचविचार गर्दै नेपाली कांग्रेसले २००३ सालमा लामो, कठिन र चुनौतीपूर्ण बाटो हिँड्ने निधो ग¥यो । राणाशासनविरुद्ध मातृकाप्रसाद कोइरालाको कमाण्डमा आन्दोलन भयो । हजारौँ युवा ज्यानको माया मारेर क्रान्तिमा होमिए । २००७ सालको क्रान्तिमा झापा र इलामको मोर्चामा नरेन्द्रनाथ बाँस्तोला, जीबी याकथुम्बा आदिसहित लडेका भगीरथ गौतम (पंक्तिकारका पिता) आफ्नो एउटा कवितामा लेख्छन्, “साना–ठूला सबै एक, धनी–गरिब हुने एक, प्रजातन्त्रले जगाउँछ देशभक्ति न्याय–विवेक ।” त्यसबेला कांग्रेस भ्रष्टका लागि नभएर राष्ट्रका लागि लडेको थियो । त्यसैले क्रान्तिमा होमिनेहरूको एउटै सपना थियो– सत्य, न्याय र प्रजातन्त्र ।
आज कांग्रेसले बाटो बिराएको छ भनेर ढुण्डीराज शास्त्रीलगायत पुराना नेताहरू बारम्बार गुनासो गरिरहेका छन् । २०६२÷६३ सालको आन्दोलनपछि पार्टी पथभ्रष्ट, विचलित र दिग्भ्रमित भयो भन्दै संस्थापक नेता कृष्णप्रसाद भट्टराईले पार्टी परित्याग गरे । गिरिजाप्रसाद कोइरालाले पुराना नेताहरूलाई अपमान गरेको भन्दै गणेशमान सिंह, जगन्नाथ आचार्य, ओमकार श्रेष्ठ, मार्सलजुलुम शाक्य, सुन्दरराज चालिसेलगायतका धेरै पुराना नेता पृथक् र रुष्ट भए । छुट्टै ‘जनजागरण अभियान’ चलाएर गणेशमान सिंह अलग भए । आज पनि धेरै नेता र हजारौँ कार्यकर्ता पार्टीसँग असन्तुष्ट छन् । नीति र नेतृत्व कमजोर छ भन्दै यत्र–तत्र–सर्वत्र गुनासो मात्र बढेको सुनिन्छ । स्थानीय तहको चुनावमा अपेक्षा गरेको भन्दा धेरै कम मत ल्याएको नेपाली कांग्रेसभित्र ‘नेका’ हराएर देका (देउवा कांग्रेस), कोका (कोइराला कांग्रेस), पौका (पौडेल कांग्रेस), खका (खड्का कांग्रेस) लगायतका दृश्य–अदृश्य दोकान खुलेका छन् । यसबाट ‘भाइ फुटे गँवार लुटे’ भन्ने परिणाम मात्र आउँछ भन्ने पुराना कांग्रेसीजनहरूको धारणा सुनिन्छ ।
हेडमास्टरका रिसले स्कुलमा आगो लगाउने वा पुजारीसँग मतभिन्नता भयो भन्दैमा मन्दिर भत्काउने काम मूर्खले मात्र गर्छ । कांग्रेसले त्यही ग¥यो । आठ वर्षसम्म राजाले जेलमा थुने पनि बिपीले संसदीय पद्धतिको विकल्प खोजेनन् । सिद्धान्तको रक्षा गर्न आजीवन संघर्ष गरे । २०३९ सालमा उनको निधन भयो, तर उनको विचार मरेन । २०४६ सालको चैत मसान्तमा बिपी विचारको पुनरोदय भयो । बाह्यशक्तिको दबाब र प्रभावमा परेर सत्ता मात्र खोज्ने, जनतालाई कज्याएर विदेशीलाई रिझाउने र मूल बाटो बिर्सेर सिद्धान्तहीन, नीतिहीन र चरित्रहीन बन्दै गएको कांग्रेसमा मौलिक विचार हराएको छ । धेरै चन्दा दिएको भन्दै ब्रह्मशमशेर (बबर शमशेरका छोरा) लाई सांसद बनाएको ५७ वर्षपछि पनि कांग्रेस त्यस्तै आलोचनाको सिकार भइरहेको छ ।
बिपीको तस्बिरसमेत नचिन्ने अवसरवादी, लोभी, पदलोलुप, भ्रष्ट, तस्कर र राजस्वमाराहरूको वर्चस्व देखिन्छ, कांग्रेसमा । सो पार्टीका नेता बलबहादुर केसी भन्छन्, “विचार कार्यान्वयनतर्फ हामी मूल्यमान्यता, सिद्धान्त र आदर्शले नचलेको परिणामले कांग्रेसको भविष्य सुखद देखाउँदैन । हामीले सुधार्न सकेनौँ भने पार्टी ठूलो दुर्घटनामा परी कांग्रेस इतिहासको पानामा मात्र सीमित रहनेछ । यही रूपमा अघि बढेको खण्डमा पाटी जीवित रहन सक्दैन ।” (२०७३ वैशाख १० गते, नयाँ पत्रिका दैनिक) ।
अरूलाई अप्रजातािन्त्रक भनेर गाली, अपमान र तिरस्कार गर्दैमा कुनै व्यक्ति वा संस्था आफू गतिलो हुन सक्दैन । सन् २०१० देखि पाँच वर्षसम्म उरुग्वेका चालीसौँ राष्ट्रपति रहेका विश्वकै दरिद्र राष्ट्रप्रमुख जोसे मुजिकाले भनेका छन् “धनीहरूको दबाब र दुष्प्रभावबाट राष्ट्र र प्रजातन्त्रलाई बचाउन सकिएन भने जनता निरीह बन्नेछन् ।” सामान्य चारकोठे घरमा जीवन गुजार्ने ती नेता भन्छन् “राजनीति भनेको उद्योग र व्यापार होइन ।”
गाउँपालिकाको वडामा चुनाव जित्न पनि बीसौँ लाख रुपियाँ खर्च गर्नुपर्ने र सांसद बन्न करोडौँ खर्च गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो ? पद्धतिलाई पैसाले थिचिरहेको वर्तमान अवस्थामा जनता र राष्ट्र अझै निसास्सिइरहनुपर्ने परिस्थिति उत्पन्न हुँदै गएको छ । राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर बनिरहेको देखिन्छ । चुनावमा कुनै एउटा दलले धेरै मत ल्याएर सरकार बनाउन सक्छ । संसद्मा ४९ प्रतिशत सज्जन एकातिर अनि ५१ प्रतिशत दुर्जन अर्कातिर भए भने त्यस्तो अंकगणितले दुर्जन सरकार नै बन्छ । अल्पमत, परम्परावादी, राष्ट्रवादी शक्तिहरू र सबैलाई समेट्ने सद्बुद्धि पलाएन भने आजका ठूला दल पनि एकदिन ‘कोमिन्ताङ’ बन्न सक्छन् । कांग्रेसले पनि यति बुझे पुग्छ ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...