८ वैशाख २०८१ शनिबार
फोटो फिचर

विवाह पञ्चमी मनाइँदै (फाेटाे फिचर)

काठमाडौं – मंसिर महिना सुरु भएलगत्तै विवाहको लगन सुरु भएको छ । बिहीबार विवाह पञ्चमीको दिन पारेर नव दम्पतीहरु वैवाहिक बन्धनमा बाँधिएका छन् । राजधानीका भद्रकाली र गृहेश्वरी लगायत क्षेत्रमा नव दम्पतीहरुको विवाहको चहलपहल देखिन्छ ।

त्यस्तै जनकपुरधाममा भने भगवान राम र सिताको विवाह महोत्सव मनाइँदैछ । विवाह पञ्चमी मनाउन श्रद्धालुहरु बाक्लोे भिड लागेको छ । मिथिला संस्कृतिअनुसार विवाह महोत्सवमा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखेर रङभूमिमा लगेर स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ ।

त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App