१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचथरमा फेरि बम

पाँचथर– पाँचथर र इलामको सीमाना इम्रिङ भन्ने ठाँउमा बम भेटिएको छ । पाँचथरको मिक्लाजुङ र इलामको फाकफोक थुम भन्ने गाँउपालिकाको सीमानाको राँके–रवि खण्डमा बम भेटिएको हो । बम भेटिएको खबर स्थानीयले सुरक्षाकर्मीलाई गरेपछि प्रहरी टोली घटना स्थलमा पुगेको छ ।

सप्तमी बजार नजिकै रहेका इम्रिङ भन्ने ठाँउमा बम भेटिएको नेपाली सेनाको भैरवी गण दल फिदिमका गणपति शिवराज पन्तले नागरिकन्युजलाई जानकारी दिए । पन्तका अनुसार तुमेवा गाँउपालिकाको मौवा बजारमा राखिएको अस्थायी क्याप्पबाट बम विष्पोजर टोली घटना स्थलमा आउँदैछ । करिव तीन घण्टाको टाढाको दूरीमा रहेको सेनाको टोली घटनास्थल आइपुग्न लागेको बताइएको छ ।

बम विस्पोज गरेपछिमात्र कस्तो बम भन्ने खुल्ने बताइएको छ । केही दिनअघि मेची राजमार्गको चतुरे बजारमा बम भेटिएको थियो । त्यसको एक साता अघि फिदिम बजारमा बम भेटिएको थियो । सुरक्षा सतकर्ता अपनाइए पनि बम राख्ने क्रम रोकिएको छैन । निर्वाचन हुने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती बढ्दै गएको छ ।

 

प्रकाशित: ७ मंसिर २०७४ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App