८ वैशाख २०८१ शनिबार
खेल

राम र धर्मलाई काँस्य

काठमाडौं– नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले थाइल्यान्डमा भएको बैंकक म्याराथनमा कांस्य जितेका छन् । दुवैले फुल म्याराथनमा पदक जितेका हुन्।

नोभेम्बर १९ मा भएको ५०–५९ वर्षको उमेरसमूहमा रामले ३ घण्टा १० मिनेटमा दौड पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जनाएका छन् । धर्मले ४०–४९ उमेरसमूहमा ३ घण्टा ८ मिनेटमा दौड सकाएका थिए।

दुवैले जनही ५ हजार भाट नगद पुरस्कार समेत पाएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: ६ मंसिर २०७४ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App