७ वैशाख २०८१ शुक्रबार
खेल

एसियाली म्याराथनमा गोपी र होम

काठमाडौं– चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा नेपालबाट दुई धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठल नोभेम्बर २६ तारिखमा हुने म्याराथनमा दौड्न लागेका हुन्। 

त्यसका लागि नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम पनि अफिसियलको भूमिकामा खेलाडीसहित बिहीबार चीन उड्दैछन्।

गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए । २ घण्टा २३ मिनेट ०१ सेकेन्ड गोपी तथा २ घण्टा २२ मिनेट २६ सेकेन्ड होमको उत्कृष्ट टाइमिङ हो ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारस्थित मंगलबार बिदाइ गरे ।

प्रकाशित: ६ मंसिर २०७४ १४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App