८ वैशाख २०८१ शनिबार
अर्थ

आज छैंठौं कर दिवस

काठमाडौं- अर्थ मन्त्रालयले ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने नारा अगाडि सारेर यस वर्षको राष्ट्रिय कर दिवस मनाउने भएको छ ।
मन्त्रालयले मंसिर १ गतेलाई कर दिवसका रुपमा मनाउन लागेको यो छैटौं वर्ष हो । आन्तरिक राजस्व विभागले मनाउने कर दिवस यो वर्ष विभिन्न कार्यक्रमका साथ राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको हो ।
सो अवसरमा अघिल्लो वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी र संस्थालाई सम्मान गर्ने कार्यक्रम छ । कर दिवसका अवसरमा विभागले सर्वसाधारण, पेसाकर्मी, व्यवसायी, संघसंस्था लगायत सबैलाई कर तिर्न प्रेरित गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम पनि राखेको छ ।

 

प्रकाशित: १ मंसिर २०७४ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App