"

‘बडी सेमिङ’ विरुद्ध विद्या

शुक्रबार, ०१ मङि्सर २०७४, ११ : ०५ नागरिक


मुम्बई- हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला पनि विद्या पत्रकारसँगहरू चिसै रवैयामा प्रस्तुत भइन् ।
समाचार अनुसार जब पत्रकारले उनको बढ्दो शारीरिक तौलका विषयमा प्रश्न सोधे जब विद्या पड्किइन् । उनलाई सोधिएको थियो– तपाईंका धेरै फिल्म महिला केन्द्रित छन् । अब आगामी दिनमा पनि यस्तै फिल्ममा काम गर्नुहुन्छ कि तौल घटाउने बारे सोच्नुहुन्छ ?
पत्रकारको यस्तो प्रश्न सुनेपछि विद्याले प्रतिप्रश्न गरिन्, ‘तौल घटाउने कुरा र महिला केन्द्रित फिल्मका बीच के सम्बन्ध छ ?’
उनको त्यस्तो जवाफ सुनेपछि प्रश्न प्रष्ट पार्न पत्रकारले भने, ‘प्रश्नको तात्पर्य के हो भने तपार्इंले भविष्यमा ग्ल्यामर भूमिका पाउने विषयमा केही सोच्नुभएको छ कि ?’
यो सुनेपछि विद्यालाई असह्य भयो । ‘म जस्तो छु र जस्तो किसिमको फिल्ममा काम गरिरहेकी छु, त्यसबाट म सन्तुष्ट छु । तर, म चाहन्छु कि तपाईं जस्ता व्यक्तिहरूले दृष्टिकोण बदल्न आवश्यक छ,’ विद्याले भनिन् । केही समय यता बलिउडमा नायिकाहरूले शरीरको तौल घटाउन थालेपछि उनीहरू आलोचनाको सिकार भइरहेका छन् । तर विद्या बडी सेमिङको विरुद्धमा छिन् ।
विद्याको ‘तुम्हारी सुलु’ नोभेम्बरमा रिलिज हुँदैछ । फिल्ममा उनीसँगै मानव कौल, नेहा धुपिया र आरजे मलिसकाको अभिनय छ । फिल्ममा विद्याले मध्यम वर्गीय परिवारको विवाहित महिला सुलुको भूमिका निभाएकी छन् । पति र बच्चासँग बस्ने सुलु निकै चञ्चल र खुशी छिन् । उनी प्रायः रेडियो अफर्स जित्ने पनि गर्छिन् । फिल्ममा उनी रेडियो जक्की पनि बनेकी छन् ।

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्। ...

सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो। ...

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...