७ वैशाख २०८१ शुक्रबार
कला

‘भैरे’ बन्दै दयाहाङ

काठमाडौं- अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट प्रोडक्सनमा रहेको ‘नेप्टे’मा ‘नेप्टे’ चरित्रमा देखिँदैछन् । बिहीबार भने ‘भैरे’ शीर्षकमा बन्न लागेको फिल्मको घोषणा भयो जसमा पनि दया शीर्ष चरित्रमा देखिनेछन् ।
उनले फिल्मको कथावस्तु राम्रो रहेकाले आफू काम गर्न राजी भएको खुलाए । ‘कथाबस्तु राम्रो लाग्यो । तर, कथा कस्तो छ भन्ने थाहा पाउन चाहिँ दर्शकले फिल्म नै हेर्नुपर्नेछ,’ उनले भने ।
फिल्मका निर्देशक तथा प्रस्तुतकर्ता एभरेष्ट सूर्य बोहोराले आफूले भन्दाबढि आफ्नो कामले बोल्ने बताए । ‘अहिले बोलेर म यसरी फिल्म बनाउँछु भन्नु भन्दा पनि काम गरिसकेपछि त्यसलाई हेरेर यहाँहरूले मूल्यांकन गर्नु नै हुनेछ,’ बोहोराले भने, ‘तर फिल्मले कस्तो कथा बोल्छ भन्ने थाहा पाउन भने रिलिजसम्म पर्खनै पर्नेछ ।’
फिल्ममा सुरक्षा पन्त र वर्षा सिवाकोटी अभिनेत्रीका रूपमा रहनेछन् । नायिका सुरक्षाले फिल्मको स्क्रिप्टसँगै राम्रो टिमबाट फिल्म बन्न लागेकोले फिल्म पनि राम्रो बन्ने आशा व्यक्त गरिन् । अर्की नायिका वर्षाले फिल्मको कथा राम्रो र रमाइलो रहेको बताइन् । यसै फिल्मबाट सह–निर्माताका रूपमा डेब्यु गरेका गायक यम बरालले फिल्म उद्योगलाई केहि योगदान गर्न फिल्ममा लगानी गरेको बताए ।
मंसीर ४ गतेबाट छायांकनमा जाने फिल्ममा सुनिल थापा, विक्रान्त बस्नेत र जाहन्वी बोहोरा, जयनन्द लामा, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहनेछ । नेपालय सिनेमा इन्टरनेसनलको ब्यानरमा बन्ने फिल्ममा प्रेमप्रसाद पौडेल निर्माता तथा देविमाया अधिकारी कार्यकारी निर्माता छिन् । सहनिर्मातामा यम बराल, लेखबहादुर गुरुङ (डेनिम) र रघु पुरी छन् ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, निर्देशक बोहोराको कथा, अभिमन्यू निरवी र दिनेश न्यौपानेको पटकथा तथा संवाद, बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत, कविराज गहतराजको नृत्य तथा सूर्य थोकर र चन्द्र पन्तको द्वन्द्व रहनेछ ।

प्रकाशित: १ मंसिर २०७४ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App