५ वैशाख २०८१ बुधबार
विचार

दलीय सुसंस्कारको आशा

संघीय गणतन्त्रको पहिलो प्रादेशिक तथा संघीय चुनाव आफैँमा ऐतिहासिक महŒव बोकेको अत्यन्त महŒवपूर्ण चुनाव हो । आफ्नै ऐतिहासिकता र महत्वबाहेक, केही महिनाअघि सम्पन्न स्थानीय चुनावपछि बनेका निकायहरूले पूर्णरूपेण काम गर्न सक्नका निम्ति पनि प्रादेशिक तथा संघीय सरकारहरू निर्माण आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट अवस्थामा हुन गइरहेका कारण यो चुनावको महत्व अझै थपिएको छ । अहिलेको राष्ट्रिय परिस्थितिका केही विशेषता छन् । तीमध्ये केही विशेषता सुखद र आशाजनक छन् भने अरु केही निराशाजनक ।

ठूला वाम पार्टीहरूको सहकार्य र एकता हुने हदसम्मकै घोषणा भएको छ । त्यसले स्वाभाविकरूपमा नयाँ ध्रुवीकरणको सुरुवात गरेको छ । यो आफैँमा नराम्रो कुरा हैन ।

जनताको अपेक्षा एकचोटि फेरी ह्वात्तै बढेको छ । संघीयता, विकेन्द्रीकरण, समावेशितालगायतका विभिन्न नयाँपनसँगै आउने सशक्तीकरणले स्थानीय विकासका विविध आयामका ढोका खुल्ने र सामाजिक न्यायसहितको समृद्धिको बाटोमा यात्रा सुरु हुने आशा जनतामा छाएको छ । केही व्यवस्थापकीय कौशल, अलिकति इमान्दारी र थोरै यत्न मात्रै हुँदा पनि विभिन्न अप्ठ्याराका बीचमा समेत जनजीवनमा सकारात्मक असर पार्न सकिँदोरहेछ भन्ने तथ्य पनि केही असल मानिसका कारण भर्खरै स्थापित भएको छ । जनताका आँखा चिलका झैँ चहकिला भएका छन् र कहाँ के बदमासी भइरहेको छ भनेर चनाखो आँखा खोलेर हेरिरहेका छन् । अल्पायु सरकारहरू बन्ने र भत्किने क्रममा जतिसुकै अक्षम सरकार बन्दासमेत नीतिनियम भने पहिले भन्दा कस्सिने क्रममा देखिन्छन् । पद्धति बसाल्नुपर्ने रहेछ भन्ने चेत विकास हुँदैछ ।    
अर्कोतिर यो आशासंँगसँगै जनतामा अनेक चिन्ता पनि व्याप्त छ । ‘स्थापित’ भनिने ठूला पार्टीहरूभित्र सांगठनिक सुसंस्कारको स्खलन, दिशाबिहीनता र विभिन्न किसिमका संकुचित मनस्थिति यस्ता मूर्खताजन्य आन्तरिक कारण हुन् जसले जनताका चिन्ता र भयलाई निरन्तर मलजल गरिरहेका छन् । दृश्य÷अदृश्य बाह्य प्रभावका कारण जनताका पंक्तिभित्रै छरिएका आपसी द्वेष र कलहका बीउ अझै टुसाइरहने सम्भावना ज्युँका त्युँ छ । भ्रष्टाचार र परनिर्भरताको असर चुनावी प्रक्रिया र खर्चसम्ममा पर्नसक्ने सम्भावना त्यत्तिकै छ ।
स्थिरता कति आवश्यकता हुँदोरहेछ भन्ने कुरा हालसालकै अनुभवले देखाइदिएका छन् । केही समयमात्र स्थिरता हुनेबित्तिकै जस्तै अक्षम सरकारले देश चलाएको बेला पनि विकासका सूचकाङ्क सप्रिने र अस्थिरता हुनेबित्तिकै बिग्रिने गरिरहेका छन् । त्यसैले स्थिरता र शान्तिको जनचाहना स्वाभाविक हो । यो चाहना अहिले फेरि आसन्न चुनावसँग जोडिन पुगेको छ ।
केही समयअघि अचानक र अप्रत्याशितरूपमा ठूला वाम पार्टीहरूको सहकार्य र एकता हुने हदसम्मकै घोषणा भएको छ । त्यसले स्वाभाविकरूपमा नयाँ ध्रुवीकरणको सुरुवात गरेको छ । यो आफैँमा नराम्रो कुरा हैन । सदाशयताका कारण भएका विभिन्न तहका एकता र ध्रुवीकरणले स्थिरतालाई नै सघाउँछन् । तर त्यस्तो सदाशयता छ कि छैन भन्ने कुरा भने हेर्न बाँकी नै छ । वामहरूका बीचमा पार्टी एकताकै हदसम्म पुग्ने गरी सहकार्यको कुरा जसरी भइरहेको छ, त्यो भार थेग्न सक्ने सांगठनिक संस्कार महŒवपूर्ण वाम घटकहरूभित्र बाँकी छ कि छैन ? बृहत् पार्टी एकताका लागि चाहिने संस्काररूपी जग यी दुवै कम्युनिस्ट नामका पार्टीभित्र अत्यन्त कमजोर भएका बेला यसरी अचानक÷अप्रत्याशितरूपमा भएको एकताको धरहरा कसरी उभिएला ? त्यो ढल्यो भने सबभन्दा पहिले किचिने यी दल स्वयं नै हुन्छन् । बाबुरामजीको अत्यन्त छोटो ‘चियर्स’ पछि तुरुन्तै गोरखा २ मा भइरहेको भिडन्तले धेरै कुरा भन्न खोजिरहेको छ । कमरेड दीपक मनाङेको कालो चस्मा र कमरेड कोमल वलीको छुनुमुनु धान्न बडा कमरेडहरूलाई अप्ठ्यारै भइरहेको होला । घटक पार्टीहरूभित्रका विभिन्न असन्तुष्टिको त बरु नेता कमरेडहरूलाई बानी परिसकेको हुनसक्छ । यी सबैले देखाइरहेका छन्– त्यो एकताको धरहराको जग, माने सांगठनिक संस्कार, बलियो छैन । वाम एकताको त्यो ‘धरहरा’ ढल्ने सम्भावना किन अरुका लागि धेरै ठूलो टाउको दुखाइ हुनुप¥यो र भन्ने स्थिति पनि छैन किनकि त्यसले ल्याउने अस्थिरताको नयाँ तरंगले सिँगै देशलाई न नराम्ररी प्रभावित पार्नेछ ।
यो ‘वाम रतिआलिंगन’ का कारण चलेको आँंधिबेहरीले सबैभन्दा चिन्तित कांग्रेसको नेतृत्वमा अर्को ध्रुव सिर्जना भएको छ । जसरी आफूसँगै सरकारमा भएको एमाओवादीले अप्रत्याशितरूपमा र अचानक एमालेलाई स्वयम्बर नै ग¥यो, त्यसले कांग्रेसभित्र जन्माएको असुरक्षाबोध बुझ्न सकिने कुरा हो तर शेरबहादुरजीको विवेक, क्षमता र ज्ञानकै तहमा उभिएर उनकै स्वरमा स्वरमा मिलाउँदै सकल कांग्रेसजन जसरी आत्तिएर अभिव्यक्ति दिइरहेका छन् त्यो त उनीहरूका लागि नै अनुत्पादक भइरहेको देखिन्छ । त्यो ‘लोकतान्त्रिक गठबन्धन’ मा न लोकतन्त्रको कुनै गन्ध भेटिन्छ, न कुनै बन्धन् । देखिन्छ त केवल प्यारानोया– भयजन्य विक्षिप्तता !
यतिबेलाको अन्तर्राष्ट्रिय परिस्थितिका पनि आफ्नै विशिष्टता छन् । धनी र शक्तिशाली देशहरूले जतिसुकै स्वाङ पारे पनि उनीहरूभित्रको अन्ध राष्ट्रवाद इतिहासमा कहिल्यै कमजोर भएको थिएन । अहिले त झन् एकपछि अर्को शक्तिशाली देश खुलेरै अन्ध राष्ट्रवाद प्रदर्शन गरिरहेका छन् । तर तिनै देशका विभिन्न हैसियतमा रहेका व्यक्ति वा संस्था भने कमजोर देशभित्र लघुराष्ट्रवाद (सबस्टेट न्यासनलिज्म) निर्यात गर्न निरन्तर लागिरहेका छन् । वामवृत्तभित्र यतिबेला १०० वर्षअघि सोभियत संघ जन्माउने अक्टुबर क्रान्तिको शतवार्षिकी मनाउने काम भइरहेको छ । त्यो क्रान्तिको नेतृत्व गर्ने लेनिनले देखेको साम्राज्यवादभन्दा अहिलेको साम्राज्यवाद धेरै बढी भेदनशक्ति (पेनिट्रेटिभ पोटेन्सियल) भएको, मिहिन, सर्वव्यापी बहुरूपियामा अवतरित भएको छ । आधुनिक साम्राज्यवादले आज प्रयोग गर्ने हतियार ऊ बेलाको स्थुल स्थलसेनाले प्रयोग गर्ने तोपगोलामात्र हैन, अलि पछिको नाभिकीय हतियारमात्र पनि हैन, अझ साइबर हतियारमात्र पनि हैन, मनोवैज्ञानिक तथा सांस्कृतिक हतियारको आधुनिकतम र प्रभावकारी रूपहरू प्रयोग गरिरहेको छ । कमजोर देशका नागरिकको देशभक्तिलाई मोदीमार्का साँघुरो असहिष्णुतासँग मिसमास पारेर व्याख्या गर्ने, त्यसलाई अप्रगतिशील घोषित गर्ने र लघुराष्ट्रवादको विभाजनकारी मानसिकताका निम्ति बाटो बनाउने काम भइरहेको छ । यो तथ्यप्रति चनाखो हुँदै राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु हाम्रो नयाँ लोकतान्त्रिक संघीय गणतन्त्रका निम्ति ठूलै चुनौती बनेको छ ।
अर्कोतिर लोकतन्त्र र समाजवादबारे नयाँ किसिमले बहस चल्न थालेको आभास हुन्छ । निकै लामो समयसम्म समाजवाद र निरङ्कुशता पर्यायवाची जस्ता देखिए । समाजवादकै बदनाम भयो । यी पर्यायवाची हैनन् भन्नेतर्फ द्रुत गतिमा जनमानस गइरहेको छ । त्यसैगरी लोकतन्त्र र ‘नव उदार’ नामधारी छाडा बजार अर्थतन्त्र र त्यसले जन्माएको असमानता पनि पर्यायवाची हुन सक्दैनन् भन्नेतर्फ पनि जनमत सिर्जना भइरहेको आभास हुन्छ ।
यीलगायत विभिन्न आयामका राष्ट्रिय, अन्तर्राष्ट्रिय यथार्थका बीचबाट हाम्रो लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल सशरीर अवतरित हुँदैछ । चुनौती धेरै छन् । अझै पनि परम्परागत राजनीतिका कर्मकाण्डमा चुर्लुम्म डुबेका र संस्थागत सुसंस्कारबाट झन् झन् वञ्चित हुँदै गरेका ठूला पार्टीहरूले नै यो चुनावमा बहुमत हासिल गर्ने सम्भावना ज्यादा छ । तर ती पार्टीभित्रबाट समेत सानै संख्यामा सही, केही इमान्दार, विवेकी र स्पष्टद्रष्टा उम्मेदवारहरू प्रादेशिक र संघीय संसद्मा छानिए भने धेरै आशा गर्ने ठाउँ रहनेछ । तिनले पद्धति, पारदर्शिता, इमानदारी, कौशल, सुसंस्कार आदि सद्गुण बोकेर सामाजिक न्यायसहितको समृद्धिप्रति समर्पित भएको विवेकशील साझा जस्ता नयाँ दल र देशप्रेम, सांगठनिक सुसंस्कार, सामाजिक न्याय, समानतालाई विशेष ध्यान दिने गरेका नेमकिपा जस्ता पुराना दलसँगको सहकार्यमा धेरै असल काम गर्न सक्नेछन् । सुन्दर रंग, मीठो स्वाद र सुगन्ध भएको थोरै मसलाले ठूलो भाँडोमा पाकिरहेको खानालाई नै सुस्वादु बनाएझैँ थोरै संख्यामै भएका असल सांसदले पनि संसद्मा ठूलो भूमिका खेल्न सक्नेछन् । आशा गरौँ, यो निर्वाचनले यस्ता मानिसलाई ठाउँमा पु¥याउनेछ । अबका मतदाता निश्चय नै पहिलेभन्दा कम कर्मकाण्डीय, कम पूर्वाग्रहपीडित, बढी विवेकी तथा स्पष्टद्रष्टा भएका छन् भनी आशा गर्ने आधार छन् ।

प्रकाशित: १ मंसिर २०७४ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App