८ वैशाख २०८१ शनिबार
राजनीति

वाम गठबन्धनले बहुमतको सरकार बनाउँछ :अध्यक्ष दाहाल

वालिङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम गठबन्धनले नेपालको इतिहासमा यस पटक दुई तिहाई बहुमतको सरकार बनाउने दाबी गरेका छन्। 

स्याङ्जाको वालिङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वामपन्थीको गठबन्धनबाट नेपाली काँग्रेस डराएको टिप्पणी गरे। 

अध्यक्ष प्रचण्डले चितवनमा आफू लडेको क्षेत्रका विक्रम पाण्डेलाई सहयोग गरेर गिरिजाप्रसाद कोइराला र आफूले देशलाई दिन खोजेको निकासका विषयमा काँग्रेस अहिले भुलेको दुःखेसो गर्दै बाह्रबुँदे सहमतिमा हस्ताक्षर गर्दा सबै मिलेर देखेको सपना पूरा नहुने देखेपछि वाम गठबन्धन गरिएको बताए। 

“नेपाली काँग्रेसले अहिलेसम्म वामपन्थीलाई फुटाएर फाइदा उठायो” उनले भने, “अब वामपन्थीको गठबन्धनसँगै नेपाली काँग्रेसका दिन समाप्त भए।” 

 

प्रकाशित: ३० कार्तिक २०७४ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App