"

सन्दर्भ निर्वाचन : अलिकति आफ्नै कुरा

बिहिबार, ३० कार्तिक २०७४, ०८ : ३७ हरि अधिकारी


२०४८ सालमा भएको देशकै दोस्रो संसदीय आमनिर्वाचनदेखि २०७० सालमा  संविधानसभाका लागि दोस्रो पटक गराइएको चुनावसम्म पनि दायाँबायाँ नहेरी नेपाली कांग्रेस पार्टीका पक्षमा मतदान गर्दै आएको हो तपाईँहरूको यस लेखकले । सुखद संयोगले गर्दा मेरी पत्नी पनि कांग्रेसी पृष्ठभूमिको परिवारबाट आएकीले मतदानका हकमा हाम्राबीच मत्यैक्य रहँदै आएको छ ।

नेपाली  लोकतान्त्रिक आन्दोलनबाटै खारिएर आएका र व्यक्तिगत तथा सार्वजनिक जीवन खुला किताब जस्तै पारदर्शी राखेका साथीहरू मिलेर एउटा वैकल्पिक लोकतान्त्रिक दल खोलून् र आजका बुद्धि र नियत दुवैमा खिया लागेका नेताहरूबाट जनतालाई मुक्ति दिउन् ।

त्यतिमात्र होइन, हाम्रा छोराछोरी पनि नेविसंघ समर्थक थिए स्कुल कलेजमा हुँदा, अहिले नेपाली कांग्रेसका अविचलित भोटर छन् । मेरो परिवारलाई नै कांग्रेस समर्थक भन्न सकिन्छ । राजनीतिक सचेतताका दृष्टिकोणले पिछडिएको हुनाले हाम्रो पुरोहित्याइँ गर्ने परिवारबाट कसैले पनि सात सालको क्रान्तिमा सहभागिता जनाउन पाएको थिएन तापनि लेखकका बाले भने पन्ध्र सालमा भएको पहिलो ऐतिहासिक आमचुनावमा कुनै खास प्रेरणाले डोरिएर हुनुपर्छ, हाम्रो घरका सबै वयस्क सदस्यलाई रूखमा छाप ठोक्न लगाएका थिए । त्यतिबेला पूर्व १ नम्बर भनिने काभ्रेपलाञ्चोक जिल्लाको पश्चिमी भेगमा पर्ने हाम्रो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उमेदवारले देशकै इतिहासमा भएको त्यो ऐतिहासिक चुनाव जित्न भने सकेका थिएनन् । त्यस क्षेत्रबाट गोरखा परिषद्का उम्मेदवार तीर्थमान लामा विजयी भएका थिए पन्ध्र सालको त्यस आमनिर्वाचनमा ।
राजा महेन्द्रले २०१७ पुस १ गते सैनिक विद्रोह गरी देशकै इतिहासका निर्वाचित प्रथम प्रधानमन्त्रीलाई उनका सम्पूर्ण सहकर्मी साथीहरूसहित जेलमा कोची प्रत्यक्ष निरंकुश शासन गर्न थालेको लगभग ७ वर्षपछि उच्च शिक्षा आर्जन गर्ने हेतुले यो लेखक काठमाडाँै आएर त्रिचन्द्र कलेजमा भर्ना भएको थियो । राजनीतिक स्वतन्त्रताका हिसावले त्यो समय थियो गहन अंधकारको । राजनीतिक दलहरूमाथि कडा प्रतिबन्ध लगाएर राजा महेन्द्रले नेपाली जनतामाथि थोपरेको अधिनायकवादको कुनै सीमा छैन जस्तो देखिन्थ्यो । देशमा अभिव्यक्ति स्वतन्त्रताको नामोनिशान थिएन । संगठनहरू प्रतिबन्धित थिए भने प्रेसको अस्तित्व नै थिएन भन्न सकिन्थो । त्यो बाक्लो कालो बादलमा कुनै प्रकारको चाँदीको घेरा थियो भने त्यो थियो विद्यार्थीले उठाउने गरेको निरंकुशता विरोधी  प्रतिरोधको आवाज । उनीहरूको त्यो आवाज तत्काल परिणाम देखाइहाल्न सक्ने खालको नभएकाले धेरै प्रभावपूर्ण त थिएन तर त्यसले राजा महेन्द्रको गलत कदमको पोल भने राम्रैसँग खोलिरहेको थियो । संयोगले यो लेखकले अध्ययन गर्ने त्रिचन्द्र कलेज नै थियो त्यस समयमा विद्यार्थी राजनीतिको केन्द्रविन्दु । देशको पहिलो र प्रतिष्ठित कलेजमा दिनहुँजस्तो हुने राजनीतिक चर्चा÷परिचर्चा र गतिविधिको यस लेखकको दिल र दिमागमा पनि थोरै समयमा नै गहिरो प्रभाव पर्नु स्वाभाविक नै थियो । कलेज भर्ना भएको एक वर्षभित्रै यो लेखक आफैँले राम्रोसँग थाहै नपाई बन्न पुग्यो लोकतन्त्रको प्रवल पक्षधर  र हरेक रूपाकारका अधिनायकवादको खरो निन्दक ।
लोकतन्त्रवादी भएकाले अर्थान्तरमा यो लेखक देशको एकमात्र लोकतान्त्रिक राजनीतिक संगठन नेपाली कांग्रेसको पनि स्वतः निकट भयो । यसले पार्टीको विधिवत् सदस्यता धेरैपछि लिएको हो तर कागजको त्यो सानो पुर्जा लिनुभन्दा धेरै पहिलेदेखि नै यो नेपाली राजनीतिक आन्दोलनको मियो नेकाको  प्रतिबद्ध कार्यकर्ता बनिसकेको थियो । विक्रमको २० र ३० को दशकमा नेपाली कांग्रस सरकारको नजरमा एउटा प्रतिबन्धित दल थियो तर देशका लाखौँ लोकतन्त्रवादी युवाहरूका लागि भने न  त्यो दल प्रतिबन्धित थियो न त नारायणहिटीले भनेको जस्तो अराष्ट्रिय । जागरुक नेपाली युवाहरूका लागि त त्यो दल नै जीवन्त र आशाको एकमात्र केन्द्र थियो । वास्तवमा कांग्रेसले बहुलवादी, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धात्मक राजनीतिको प्रतिनिधित्व गथ्र्याे । मूल्य र मान्यताको राजनीति र  सर्वसाधारण व्यक्तिको प्रतिष्ठाको रक्षाप्रति प्रतिबद्ध दलको पर्याय रूपमा हेरिँंदै आएको नेपाली कांग्रेससँग यो लेखक जस्ता लाखौं युवकलाई आफूतिर तान्न देशमा मौजुद अन्य कुनै पनि राजनीतिक संगठनहरूभन्दा बढी सफल किन भएको थियो भने त्यससँग राजनीतिक संघर्षको अनवरत शृंखला हुँदै अगाडि बढेको गौरवशाली इतिहास त छँदै थियो, साथै पढेलेखेका विचारवान् स्वतन्त्रताप्रेमी युवाहरूलाई आफ्नो योग्यता र कर्मले पूर्णरूपमा अभिभूत पार्नसक्ने बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेता पनि थिए ।
विक्रमको २० को दशकको मध्यतिर त्रिचन्द्र कलेजमा अध्ययनरत हुँदादेखि यसमा मानसिकरूपमा आबद्ध भएपछि लोकतन्त्र पुनस्र्थापनाका लागि कांग्रेसले चलाएका हरेक आन्दोलनमा नैतिक र भौतिक समर्थन दिँदै  जीवनको यात्रामा जसोतसो अगाडि बढेको हो तपाईँहरूले स्नेह गर्ने यो साहित्यकार÷पत्रकार । राजा वीरेन्द्रले सैँतीस सालमा सुधारिएको निर्दलीय पञ्चायत प्रणाली र बहुदलीय व्यवस्थाबीच गराएको जनमत संग्रहमा बहुदलका पक्षमा काम ग¥यो भन्ने आरोप लगाएर राज्यले लगातार प्रताडित गर्न थालेपछि त्यतिबेलाको सरकारी अधिकृत यस लेखकले कांग्रेसको पूर्णकालीन कार्यकर्ताका रूपमा सक्रिय हुने अठोट गरेर स्थायी सरकारी नोकरी छोडिदिएको हो । त्यस बेलादेखि अहिलेसम्म पनि यो कलमजीवी कांग्रेसको नाममा उठ्तीपुठ्ती गर्नसक्ने झोले कार्यकर्ता हुन नसके पनि लोकतन्त्रको कित्तामा भने रत्तिभर नडगमगाई उभिएको छ । यस देशमा सक्रिय रहेका राजनीतिक संगठनमध्ये लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यताप्रति मनसा र वचसा सम्मानभाव राख्ने एकमात्र दल भएकाले कुनै पनि नेताको  भित्रिया हुन नचाहेरै भए पनि नेपाली कांग्रेस नै यस लेखकका निम्ति सर्वाधिक प्रिय राजनीतिक दल रहँदै आएको हो । जनआन्दोलन २०४६ पछि भएका सबैखाले चुनावमा यस लेखकले नेकांका पक्षमा नबिराई भोट खसाल्नुको एकमात्र कारण यो कांग्रेसको अन्धभक्त कार्यकर्ता हुनु होइन, बरू लोकतन्त्रको दृढ पक्षधर हुनु हो ।
समयक्रममा आएर भने यो लेखक नेपाली कांग्रेस पार्टीसँग पटकपटक मोहभंगको स्थिति नजिक पुगेको छ । गिरिजाप्रसाद कोइरालाले पार्टीको चक्रवर्ती स्वामी हुने महŒवाकांक्षाको वशीभूत त्यस ऐतिहासिक राजनीतिक सम्पदालाई जसरी वैयक्तिक स्वार्थपूर्तिको माध्यम बनाइदिएका थिए, पछिल्लो समयसम्म आइपुग्दा त्यो गलत अभ्यासको अत्यन्तै भद्दा अनुकरण भइरहेको अनुभूति भएको छ । वर्तमान नेतृत्वको कार्यवधिमा नै नेपाली कांग्रेसको आदर्शविमुख पथविचलनको पूर्णाहुति हुने सम्भावना बलियो देखिंदैछ । त्यसैले यो लेखकले यो जस्ता अरू हजारौँ लोकतन्त्रवादी नेपाली मनले जस्तै कांग्रेसको विकल्पमा खरो लोकतान्त्रिक संगठन अस्तित्वमा आउनुपर्छ भन्ने कामना गरेको हो । यसपटकको आमनिर्वाचनमा नै वैकल्पिक लोकतान्त्रिक दलको प्राणप्रतिष्ठा हुनेछ र अघिल्लो पुस्ताका महान् नेताहरूले गरेको वलिदानको ब्याज असुलेर हरप्रकारका अपकर्म गरिरहेका आजका कांग्रेसी नेताहरूलाई तिनका लागि जुन उचित ठाउँ छ त्यही देखाइदिन पाइनेछ भन्ने आशा यस लेखकले गरेको थियो । तर खेदको कुरो त्यस्तो केही पनि हुन सकेन । विकल्प दिन्छौं भन्दै आएका, ठूल्ठूला डिङ हाँक्ने तर व्युत्पत्तिदेखि गन्तव्यसम्मको ठेगान नभएका विवेकशीलहरूलाई विश्वास गरिहाल्न यो लेखक बिलकुलै  तयार छैन । रवीन्द्र मिश्रले सोचेजस्तो सजिलैसँग सत्ता कब्जा हुन सक्दैन, हुनु पनि हुँदैन । आफ्ना नेता को हो ? कस्तो हो ? कुन उद्देश्यले राजनीतिको भूमरीमा ओर्लेको हो, थाहा नपाइ जनताले कसैलाई आफ्नो घरको साँचो कसरी सुम्पिन सक्छन् ?
नेपाल जस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा वितरणमुखी अर्थतन्त्रको वकालत गर्ने र आजको युगमा पनि पार्टी तानाशाहीको सपना देखिरहेका माके र एमाले जस्ता कम्युनिस्ट पार्टीहरूलाई भोट दिनु आफ्नै हात काटेर दिनुजस्तै हो । त्यसैले यो लेखक त्यतातिर जाँदैन र  मन नपर्दा नपर्दै पनि पुरानै चिह्नमा छाप हान्ने अवस्थामा पुगेको छ । यसलाई लाग्छ, आज हरेक लोकतन्त्रवादी नेपालीले भोग्नुपरेको राजनीतिक सकस यही नै हो । नेपाली  लोकतान्त्रिक आन्दोलनबाटै खारिएर आएका र व्यक्तिगत तथा सार्वजनिक जीवन खुला किताब जस्तै पारदर्शी राखेका साथीहरू मिलेर एउटा वैकल्पिक लोकतान्त्रिक दल खोलून् र आजका बुद्धि र नियत दुवैमा खिया लागेका नेताहरूबाट जनतालाई मुक्ति दिउन् भन्ने सदिच्छा फेरि एकपल्ट व्यक्त गर्छु ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...