८ वैशाख २०८१ शनिबार
समाज

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

काठमाडौं – नेपाल रिपब्लिक मिडियाले संञ्चालन गरेको गेट स्मार्ट गेट रिपब्लिका ग्राहक योजनाअन्तर्गत गत महिनाका विजेता महादेवटारका अभनेशा सिवाकोटीलाई अप्रिला १५० सिआर स्कुटर हस्तान्तरण गरिएको छ । बुधबार नेपाल रिपब्लिक मिडियामा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्कुटरको चासोँ हस्तान्तरण गरेकी थिइन् ।
गत महिना रिपब्लिका दैनिकका ग्राहक बनेका तीन हजार दुई सय अठहत्तर ग्राहकहरुमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट भएका हुन् । यसअघि रिपब्लिका र नागरिक दैनिकको औपचारिक फेसबुक पेजमार्फत लक्की ड्रको लाईभ गरिएको थियो ।

प्रकाशित: २९ कार्तिक २०७४ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App