८ वैशाख २०८१ शनिबार
फोटो फिचर

नेपाली र्याम्पमा अभिनेत्री मनिषा काेइराला

काठमाडौं, कात्तिक २९ – अभिनेत्री मनिषा कोइराला नेपाली र्याम्पमा देखिएकी छिन् । मंगलबार सानेपास्थित हेरिजेट प्लाजामा आयोजित क्लासिक डायमण्ड टाइमलेस पारागन ज्वेलरी फेसन शोमा शोजटपरको रुपमा उनी देखिएकी हुन् ।
‘अन्तराष्ट्र्रियस्तरमा अभिनेत्री मनिषा कोइरालाले नेपाललाई परिचय गराउन महत्वपूर्ण भूमिका खेलेकी छिन् । बलिउड फिल्म क्षेत्रमा सक्रिय अभिनेत्री कोइरालाले हाम्रो थिम मनपराएपछि उनलाई र्याम्पमा शोजटपरको रुपमा प्रस्तुत गरेका हौं,’क्लासिक डायमण्डका समीर महर्जनले भने ।
दुई दिने फेसन शोमा विभिन्न तीन वटा थिममा मोडलहरु र्याम्पमा देखिएका थिए । ककटेल, गाउन र ब्राइडल थिमको डिजाइनमा नेपाली र अन्तराष्ट्र्रिय २५ जना मोडलहरु र्याम्पमा देखा परे । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ र इभाना मानन्धरसहित अन्तराष्ट्र्रिय मोडलिङमा सक्रिय नेपाली मोडलहरु आस्था पोखरेल र अन्जली लामाले र्याम्पमा अभिनेत्री कोइरालालाई साथ दिएका थिए ।
मोडलहरु मुना गौचन, दीप्ती गुजराल, परमिता राणा, रेहा सुखेजा, सोनी श्रेष्ठ, हस्लिन कौर, अनुष्का अधिकारी, अरुणी वाईबा,  सोरु बराइली, अल्का राई, आयुष्मा सिंह, सुस्मिता थापा, शिक्षा संगौला,जेनी महर्जन, पुजा श्रेष्ठ, जागृती मल्ल, सुरवी मानन्धर, श्रीजा कोइराला र क्यान्डिका पिन्टो लगायत मोडलहरु विभिन्न थिमका डिजाइनमा र्याम्प देखिए । यो क्लासिक डायमण्ड टाइमलेस पारागन ज्वेलरी फेसन शोको चौथौं संस्करण हो ।
शोजटपरको रुपमा र्याम्पमा देखिएकी अभिनेत्री कोइराला सेतो डिजाइनर साडीमा सजिएकी थिइन् । यसअघि बलिउड अभिनेत्री सुस्मिता सेन, मिनीषा लाम्बा र रविना टन्डनले टाइमलेस पारागन ज्वेलरी शोमा शोजटपरको रुपमा देखिएका थिए ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App