coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कम्यूनिष्ट शासनमा धर्मको ठाँउ हुदैन: प्रधानमन्त्री देउवा

पाँचथर- प्रधानमन्त्री शेरवहादुर देउवाले  वाम गठबन्धनको नाममा लोकतन्त्र समाप्त पार्न खोजीएको भन्दै आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लोकतन्त्र र कम्युनिष्ट शासनको जनतमत संग्रह भएको बताएका छन्। राजालाई हटाएर लोकतन्त्र स्थापना गरेकाले अव निर्वाचन मार्फत संस्थागत गर्दै लैजानुपर्ने अवस्था रहेको बताए। शनिवार महागुरु फाल्गुनन्दको १ सय ३३ औँ जन्म जयन्तिको अवसरमा पाँचथरको लोबे्रकुटिमा आयोजना गरीएको सभामा देउवाले यस्तो बताएका हुन।

‘चुनाव लोकतन्त्र र साम्यवाद व्यवस्था ल्याउनेबीचको जनमत सग्रहजतिकै भएको छ । कम्युनिष्ट शासनमा धर्मलाई ठाँउ छैन। प्रजातन्त्र भएपछिमात्र धर्मलाई ठाँउ हुन्छ । त्यसैले लोकतन्त्रको पक्षमा लाग्न आव्हान गर्छु’ प्रधानमन्त्रि देउवाले भने ‘लोकतन्त्र जोगाउनका लागि काग्रेसलाई विजयी गराउनु पर्छ।’

लोकतन्त्रमामात्र धर्मको स्वतन्त्रता हुने हुनले बताए । राजालाई हटाएर लोकतन्त्रका लागि संविधान निर्माण गरेको बताएका देउवाले संविधानको संस्थागत गर्नु पर्ने औल्याए । प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढिकरणका लागि लोकतन्त्रलाई जिताउन अनिवार्य रहेको बताए। हिजो राजा हटाएर स्थापित गरिएको बुहदलीय व्यवस्था खतरामा नपार्न लोकतन्त्रका पक्षमा भूमिका खेल्ने धारणा राखे। कांग्रेस नजोगिए लोकतन्त्र खतरा पर्ने उनको धारणा थियो । महागुरु फाल्गुन्दपनि श्रद्धाभाव व्यक्त गर्दै देउवाले लोबे्रकुटि सिलौटि क्षेत्रको विकासमा साथ दिने धारणा राखे । फाल्गुनन्दको योगदानको चर्चा समेत गरे ।  देउवाले महागुरुले तपस्या गरेको लोबे्रकुटि क्षेत्रको पूजामा सरीक भए । कार्यक्रममा काग्रेस नेता वालकृष्ण खाड, भिष्मराज आङदेम्बे, नरेन्द्रकुमार केरुङ लागयतका नेताले सम्बोधन गरेका थिए।

यस अघि उनले ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले चर्चित धार्मिक स्थल पाथिभराको समेत दर्शन गरे। पाँचथर पछि देउवाले सोलुखुम्बुमा आयोजना भएको कांग्रेसको चुनावी सभालाई सम्बोधन गरेका थिए । हेलिकप्टरमा आएका देउवाले भ्याई नभई सम्बोधन तथा कार्यकर्ता भेटघाट गरको थिए।

प्रकाशित: २५ कार्तिक २०७४ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App