८ वैशाख २०८१ शनिबार
प्रविधि

टेलिकमका अफर थप तीन महिना

काठमाडौं- नेपाल टेलिकमले ग्राहकलाई समय समयमा उपलब्ध गराएका विभिन्न प्रवद्र्धनात्मक अफरलाई थप तीन महिना निरन्तरता दिएको छ । उपभोक्ताले अत्यधिक रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । कम्पनीको प्रवद्र्धनात्मक अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर माघ २४ गतेसम्म कायम रहनेछ ।
 

अल टाइम डाटा प्याकेज
जिएसएम प्रिपेड÷पोस्टपेड तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।
अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराएको छ । त्यसैगरी, २५ रुपैयाँमा सात दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराएको छ । ५० रुपैयाँमा १५ दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, दुई सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र तीन सय रुपैयाँमा ३० दिनसम्म २४सै घन्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराएको टेलिकमले बताएको छ ।
 

नाइट डाटा प्याकेज
जिएसएम प्रिपेड÷पोस्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी, ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो बाहेक दुई सय रुपैयाँमा तीन जिबी डाटा र तीन सय रुपैयाँमा ६.५ जिबी डाटा ३० दिनसम्म चलाउन पाइने छ ।
 

फोरजी डाटा प्याक
कम्पनीले जिएसएम प्रिपेड÷पोस्टपेड मोबाइलमा पहिलेदेखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २०० एमबी डाटा सात दिनका लागि र सय रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी, दुई सय रुपैयाँमा १२०० एमबी, तीन सय रुपैयाँमा २००० एमबी र पाँच सय रुपैयाँमा ३६०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ ।
 

नाइट भ्वाइस प्याक
नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको छ ।  
 

फेसबुक÷इन्स्टाग्राम डाटा प्याक
फेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा सात दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी, सय रुपैयाँमा ५०० एमबी डाटा र दुई सय रुपैयाँमा ११०० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ ।

वाउटाइम प्रमोसनल सब्सक्रिप्सन प्याक
जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउँदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्सक्रिप्सन अफर उपलब्ध गराइएको छ । अफर अन्तर्गत एक दिनका लागि २४ रुपैयाँ, सात दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि दुई सय ५० रुपैयाँका विभिन्न सब्सक्रिप्सन प्याकेज उपलब्ध गराएको छ । ग्राहकले आवश्यकता अनुसारको प्याकेज किनेर सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने छन् ।

स्ट्रिमिङ प्याक (युट्युब÷टिभी÷भिडियो)
जिएसएम प्रिपेड÷पोस्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने छ । यस अन्तर्गत सय रुपैयाँमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी, ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिनलाई उपलब्ध हुनेछ ।
 

भ्वाइस प्याक
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज एक दिन प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी, २५ रुपैयाँमा ३० मिनेटको प्याकेज तीन दिनका लागि उपलब्ध छ । ५० रुपैयाँमा पाँच दिनका लागि ७५ मिनेट, सय रुपैयाँमा १० दिनका लागि २०० मिनेट, दुई सय रुपैयाँमा २० दिनका लागि ४२५ मिनेट, तीन सय रुपैयाँमा ३० दिनका लागि ६५० मिनेट र पाँच सय ५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ । सो कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ ।

प्रकाशित: २३ कार्तिक २०७४ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App