"

सुकी पहिलो पटक प्रभावित राखिन राज्यमा

बिहिबार, १६ कार्तिक २०७४, १६ : ५४ एजेन्सी


म्यानमार – म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छिन्। 

म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो। 

उक्त समुदायमाथि म्यानकारको सैनिकले आक्रमण गर्दा उनीहरु भाग्नुपरेको थियो। उक्त समुदायले नै सशस्त्र समूह खडागरी यहाँका स्थानीय प्रहरी चौकीहरूमा आक्रमण गरेपछि सेनाले गरेको कारबाहीपछि उनीहरु भागेका सेनाको दाबी छ। 

म्यानमरको उत्तरी राखिन राज्यमा बसोबास गरिरहेका रोहिङ्गा समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा गएको अगष्ट २५ मा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि नै आक्रमण थालेको थियो। 

सोही कारण उनीहरु देश छोडेर भाग्न बाध्य भएका थिए। त्यस कारबाहीपछि उनीहरू छिमेकी देश बङ्गलादेश भागेका हुन्। साथै म्यानमारमै पनि हजारौँ रोहिङ्गा आन्तरिक शरणार्थीका रुपमा बसिरहेका छन्। 

यसरी देश छोडेर भागी बंगलादेश पुग्नेहरुको संख्या छ लाख भन्दा पनि बढी पुगेको बताइएको छ। म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने नाफ नदी किनारमा उनीहरु बसिरहेका छन्। 

म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको पनि बताइएको छ। 

सुकीको यो भ्रमण पूर्व निर्धारित तालिका होइन  विना कुनै सूचना बिहीबार बिहान उनी राखिनमा पुगेकी अधिकारीहरूले जानकारी दिएका छन्। 

नोवेल शान्ति पुरस्कार समेत प्राप्त गरेकी यहाँकी प्रजातन्त्रवादी नेत्री सुकी नै देशको शासन सत्तामा रहेका बेला यसरी नागरिकलाई सेनाले नै लखेटेर देश छोड्नुपर्ने बाध्यता भएको भन्दै उहाँको विश्वव्यापी रुपमा नै चर्को विरोध भएको थियो। 

विरोधका बाबजुत पनि उनले सरकारले नलखेटेको र उनीहरु आफै देश छोडेर भागिरेहेका भनी दिएको अभिव्यक्तिको पनि विरोध भएको थियो । त्यसयता उनी पहिलो पटक उक्त राज्यको भ्रमणका लागि गएको प्राप्त समाचारमा जनाइएको छ। 

अहिले पनि म्यानमारको सीमा क्षेत्रबाट बंगलादेश छिर्ने क्रम जारी नै रहेको बताइएको छ। यता बङ्गलादेशमा पनि उनीहरुको अवस्था निकै कष्टकर रहेको समाचारहरु पनि आइरहेका छन्। 

यसरी बंगलादेश पुगेका म्यान्माली शरणार्थीमध्ये आधाभन्दा बढी बालबालिका रहेका बताइएको छ। शरणार्थी बालबालिकाको संख्या ३ लाख २० हजार रहेको पनि प्राप्त सो समाचारमा जनाइएको छ। 

संयुक्त राष्ट्रसंघका प्रवक्ता फराह हकले हालै दिएको जानकारीअनुसार अहिले पनि म्यानमारको उत्तरी राखिन राज्यबाट भागेर बंगलादेश छिर्ने क्रम रोकिएको छैन । यी दुई देशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर म्यान्मालीहरु बंगलादेश छिर्ने गरेका छन्। 

बंगलादेशका शरणार्थी शिवीरहरुमा उनीहरुको जीवन अत्यन्तै कष्टपूर्ण बन्दै गएको, धेरै ठूलो संख्याका शरणार्थी रहेकोले उनीहरुको खानपिन तथा अन्य कामका लागि पनि व्यवस्थापन गर्न अप्ठेरो भएको तथा दाता राष्ट्रहरु तथा संघसंस्थाहरुलाई पनि आग्रह गरिएको उनले बताइन्। 

तर सङ्कट समाधानका लागि पहलहरू भने निकै कम मात्रामा भएका बताइएको छ । दुवै देशका तर्फबाट यसमा कमै मात्र पहल गरेका समाचारमा उल्लेख गरिएको छ। 

त्यस क्षेत्रमा ती अल्पसंख्यक नागरिकमाथि हत्या, आतङ्क सिर्जना गरिएको, महिलालाई बलात्कार गरिएको तथा उनीहरुका घरबासहरुमा आगो लगाइएको भन्दै विश्वका अधिकारवादीहरुले पनि त्यसको छानबीनका लागि चासो व्यक्त गरेका छन्। 

साथै संयुक्त राष्ट्रसंघले नै यसलाई एक हिसाबले जातीय सफायाको रुपमा उनीहरुमाथि ज्यादति गरिएको बताएको छ। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...