७ वैशाख २०८१ शुक्रबार
राजनीति

मतदाताको घर–आगनमा उम्मेदवार

पाँचथर- मंसिर–१०  गते हुने पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार यतिवेला जनताको घर दैलोमा पुगेका छन्। यो निर्वाचनमा दलहरुका मोर्चामात्र फेरीएको छैन, चुनाव प्रचार तथा भोट माग्ने तरीका फेरीएको छ । यस पल्ट पार्टीहरुका रोजाईमा ठूला चुनावी सभा खासै परेका छैनन् । नेताहरु  आर्कषक नाराहरु लिएर वार्ड, टोल, जनताको घरदैलोसम्म पुगेका हुन।

ठूला ठूला सभा, ठूला ब्यानर र महंगो प्रचार भन्दापनि उमेद्वार र नेताहरुले साना साना कार्यक्रमलाई प्राथमिकता दिएका छन्। विगतको दुईवटा संविधान सभा निर्वाचन र स्थानीय तहको निर्वाचनका जस्तो ठूला सभाहरु दलहरुले एकदमै कम राखेका छन्। टोल–टोलमा पुगेर नेता, कार्यकता जता आम मतदातालाई भेटिरहेका छन् । साना साना किमिसका कार्यक्रमहरु गरीदैछन। यसपल्ट उम्मेद्वारको टोलिमा धेरै नेताहरु लस्कर समेत छैन । सानो समूहमा उम्मेद्वारसँग नेताहरु रहेका छन् । अरु नेताहरु विभिन्न क्षेत्रमा खटिएका छन् । चुनावमा प्रविधिको व्यापक उपभोग भएकको छ । चुनाव प्रचारमा फेसवुक लगायतका समाजिक सञ्चालवाट व्यापक रुपमा भईरहेको पाइन्छ।

मोर्चाबन्दी गरेका दलहरुले गाँउ स्तरमा पुगेर सम्बन्ध पार्टीहरु बैठक गर्ने, निर्वाचन परिचालन समिति बनाउने तथा जनताको घरमा पुगेर भोट माग्ने काममा व्यवस्थ भएका छन् । विभिन्न दलका नेताहरु यतिवेला गाँउ गाँउ पुगेर चुनावी कार्यक्रममा छन्। एकचरण उम्मेद्वारहरुले सवै वार्डहरु घुमिसक्ने र स्थानीय पार्टी कमिटीले चुनावी प्रचारगर्ने बताइएको छ। प्रतिनिधि सभाको उम्मेद्वारको निर्वाचन क्षेत्र ठूलो हुने हुदाँ चुनावी कार्यक्रमले तिव्रता पाएकका छन् । गाँउ गाँउपुगेर मतदाताको घर, चोक, चौतारी तथा सार्वजनिक स्थलमा भेटघाटका कार्यक्रम भईरहेका छनु। जिल्लाका ६० वटै वार्डमा चुनावी गतिवविधि पार्टीहरुका विभिन्न संरचनामा मार्फत सुरु भएका छन् । बैठक, भेटघाट जस्ता कार्यक्रमहरु धेरै छन् ।  एकै दिनमा तीन चार ठाँउमा कार्यक्रमहरु राखिएका छन्।

‘हरेक वार्डमा पुगेर मतदातासँग प्रत्यक्ष साक्षत्कार गरीरहेको छौँ । जनताका सुखदुखसुन्दै आफ्ना एजेण्डा सुनाउने काम भईरहेको छ’ लोकतान्त्रिक गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका काग्रेस नेता भिष्मराज आङदेम्बेले भने ‘लोकतन्त्र, जनताका न्यूनतम आवश्यकता, विकास लागयतका विषयमा अन्तक्रिया भईरहेको छ ।’ लोकतान्त्रिक मोर्चाले प्रदेश क र खमा दुवै तिर चुनावी कार्यक्रम अघि सारेको जनाएको छ । मनोनयन लगत्तै चुनावी कार्यक्रममा छन् । आङदेम्बे क क्षेत्रमा भोट मागि रहेका छन् । सवै वार्डमा पाटीका नेता तथा भातृसंस्थाका नेताहरु खटाइएको काग्रेस सचिव वृजहाङ आङदेम्बेले बताए । समयअनुकुलका कार्यक्रमहरु अगि सारीएको उनले बताए। कांग्रेसलाई समर्थन गरेका राप्रपा र राप्रपा प्रजातान्त्रिकसँगै चुनावी अभियानमा छन् । केन्द्र देखि गाँउ स्तरी नेताहरु चुनावी अभियानमा लागेका हुन । काग्रेसको प्रदेश क का उम्मेद्वार नरेन्द्र कुमार केरुङ र खका उम्मेद्वार सुरेन्द्र कुमार दाहाल  आफ्नै निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रममा लागेका छन्।

बामगठबन्धनको दुवै निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम सञ्चाल भईरहेको छ । बैठक, भेटघाट, अन्तर्क्रिया र कार्यक्रमहरु सञ्चालनमा आहिरेहको छन् । ‘जनतालाई अभिमत जाहेर गर्न अनुरोध गरीरहेको छौँ । दुवै क्षेत्रमा साथिहरु खटिनु भएको छ । मपनि २२ गते देखि ख निर्वाचन क्षेत्रमा पुग्छु’ बामगठबन्धनका उम्मेद्वार नेकपा (एमाले)का नेता बसन्त नेम्वाङले भने ‘एजेण्डा जनताको तहसम्म लैजान प्रयास गरीरहेका छौँ । साना,ठुला कार्यक्रमहर गरीरहेका छौँ ।’ एमाले–नेकपा (माओवादि) केन्द्रका नेताहरु गाँउमा छन् । दुवै पार्टीका नेता कार्यकर्ताबीच बैठक गरी चुनावी कार्यक्रम बनाईरहेका पाईन्छ । विभिन्न किसिम र चरणका कार्यक्रमहरु अघि सारीएको एमाले जिल्ला अध्यक्ष राजकुमार भण्डारीले बताए । प्रदेश कमा एमालेका गणेश काम्वाङ र खमा माओवादीका इन्द्र आङ्वोसँग दुवै पार्टी नेताहरु चुनावी प्रचारमा लागेका छन।

प्रकाशित: १३ कार्तिक २०७४ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App