सामजीक संजाल फेसबुकले आफ्ना प्रयोगकर्ताले आफ्नो वा अन्य साथीको जन्मदिन नर्बिसीउन भनेर बर्थ डे सेलिब्रेशन फिचर ल्याएको छ।
बर्थ डे सेलिब्रेशन फिचर अन्तर्गत फेसबुकले आफ्ना प्रयोगकर्तालाई ४५ सेकेण्डको बर्थ डे रिक्याप भिडीयो र थम्स अफ लाइक पठाउने छ। यसै हप्ता जन्म दिन पर्ने फेसबुक प्रयोगकर्तालाई फेसबुकले यस्तो फिचरको प्रयोग गरी भिडियो सन्देश पठाइसकेको छ।
फेसबुकले एक वर्ष अघि आफ्ना प्रयोगकर्ताले अन्य आफन्त तथा साथीभाइसँग सामाजिक संजाल फेसबुकमा साथी भएको मिती सम्झाउन एनिर्भसरी फिचर सुरु गरेको थियो । उक्त फिचर म्यासेन्जरमा समेत उलब्ध हुने फेसबुकले जनाएको छ। न्युजफिडमा देखिने उक्त फिचर प्रयोगकर्ताले फेसबुकमा शेयर गर्नु अघि आफुले चाहेको फोटो तथा सन्देश थप गर्न पाउने छ।
प्रकाशित: १७ श्रावण २०७३ ११:५६ सोमबार