७ वैशाख २०८१ शुक्रबार
कला

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

काठमाडौं – मिस वर्ल्डमा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले परम्परागत नेपाली सुर्के थैली बाँढेकी छिन्। विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागि प्रतियोगीहरुलाई नेपालको चिनो भनेर उनले सुर्के थैली उपहार दिएकी हुन्।

‘विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी प्रतियोगीलाई नेपालको ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुले बनाएको सुर्के थैली बाढ्न पाउँदा खुसी छु,’सामाजिक सञ्जालमा फोटो राख्दै उनले लेखेकी छिन्।

‘विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी प्रतियोगीलाई नेपालको ग्रामीण क्षेत्रमा बस्ने महिलाहरुले बनाएको सुर्के थैली बाढ्न पाउँदा खुसी छु,’सामाजिक सञ्जालमा फोटो राख्दै उनले लेखेकी छिन्। नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपालले डान्स अफ द वर्ल्ड अडिसन, प्रोफाइल फोटोसुट र ट्यालेन्ट रिकल्स् लगायत कार्यक्रमा सहभागी हुनेछिन्। त्यस्तै मिस वल्र्डको मल्टिमिडिया अवार्डको लागि भोटिङ खुला हुँदैछ।

मिस वल्र्डको फाइनलको मुख्य विधा मानिने ‘ब्युटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चाण्डकले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन्। ‘मिस वर्ल्ड अन्तर्गत व्युटी विथ पप्रोजमा मैले नेपाली युवतीहरुको महिनावारी संस्कृतिमागि प्रोजेक्ट तयार गरिरहेको छु। यस प्रोजेक्टले महिनावारी संस्कृतिबारे जनचेतना फैलाउन सहयोग गर्नेछ,’उनले भनिन्। मिस वल्र्डको ६७औं संस्करणमा नेपालबाहेक एक सय १९ देशका सुन्दरीहरु सहभागी छन्।

तीन साताभित्र प्रतिस्पर्धीहरुको विभिन्न विधामा मार्किङ हुनेछ। प्रतियोगितामा ब्यूटी, बे्रन, क्षमता र राम्रो कामका आधारमा मार्किङ गरिने आयोजकले उल्लेख गरेका छन्। उत्कृष्ट मोडल, ट्यालेन्ट, खेल, बीच ब्युटी मल्टिमिडिया र व्युटी वुथ पप्रोज विधामा प्रतियोगिहरुले प्रतिस्पर्धा गर्नेछन्।

आयोजक अनुसार प्रतियोगितामा स्थानीय र अन्तराष्ट्रिय कलाकारहरुले प्रस्तुति दिनेछन् । आगामी मंसिर २ मा मिस वल्र्डमा प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १२ कार्तिक २०७४ ०९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App