coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन (फोटो फिचर)

काठमाडौं—उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दान गर्दै आज शुक्रबार यस वर्षको छठ पर्व समापन गरिएको छ। कार्तिक शुक्ल चतुर्थी अर्थात् मंगलबारदेखि शुरु भएको छठ पर्वको मुख्य दिन बिहीबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो।

अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रर्तालु छठ घाटमा जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।

उपत्यकामा पशुपति क्षेत्रस्थित गुह्श्वरी मन्दिरअगाडिको वाग्मती नदी किनार, कमल पोखरी, नाग पोखरी, गहना पोखरी, थापाथली, कुपण्डोललगायत वाग्मती, विष्णुमती र नख्खु खोला किनार गरी २० स्थानमा छठ पर्व मनाइएको छ।

काठमाडौंको गुहेश्वरी पुगेर नागरिकन्युजकर्मी प्रबिन कोइरालाले खिचेका तस्विर हेर्नुहोस् :

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App