coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
फोटो फिचर

म्यादी प्रहरी बन्न धुलाम्मे मैदानमा परीक्षा (फोटो फिचर)

पाँचथर – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी हुन आवेदन दिएकाहरूले फिदिममा दिउँसो मध्याह्नमा धुलाम्मे खेल मैदानमा बसेर परीक्षा दिएका छन् । बुधवार दिउँसो रातो माटोले भरिएको मैदानमा दुई घण्टा बसेर म्यादी प्रहरी बन्नका लागि पाँचथरवासीले परीक्षा दिएका हुन्।

 जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी बामदेव गौतमका अनुसार १ हजार ३ सय ४३ जनाले लिखित परीक्षा दिएका हुन् ।

२ हजार १ सय ८० जनाले आवेदन गरे मध्ये  शारीरिक परीक्षामा छनौट भएकालाई लिखित परीक्षामा समावेश गराइएको हो। यि मध्ये ८ सय २९ जना म्यादी प्रहरीलाई छनौट गरिने गौतमले जानकारी दिए। 

 सबै तस्बिर : गिरिराज बाँस्कोटा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App