६ वैशाख २०८१ बिहीबार
समाज

चार धर्मका गूरुको एकै मञ्च

जोरपोखरी (पाँचथर)- हरियालीले ढाकेको जोरपोखरी  बजार सजाएर झकिझकाउ थियो । घरघरमा घडा राखिएका थिए । सफा चिटिक्क परेको पोखरी । पोखरी आसमापसमा धार्मिक अनुष्ठान । पोखरीको छेउमै किरातहरुको ‘माङहिम’ अर्कोपर्टी संस्कृत पाठशाला । जोरपोखरी बजारमा झाकिसहितको र्‍याली निस्कियो।

र्‍यालीमा विभिन्न धर्म तथा जातसम्बन्धी झाकिहरु थिए । साथमा थिए चार धर्मका ख्याती कमाएका गुरुहरु । गुरुहरु एउटै लाईनमा माल र खादामा सझिएर हिडिरहेका देखिन्थे । झण्डै दुई किलोमीटर टाढा रहेको चतुरे बजारबाट र्याली निस्कियो । चतुरेबजारवासिको सम्मान पछि र्‍याली अघि बढ्यो । मौसम खुलेर छर्लङ देखिएको कुम्र्भकण लगायतका हिमशृखला, निलाम्ब्य आकाश, ढकमक्क फूलेको सयपत्रि फूलका साथमा घडाराखेर स्वागत गरिएको थियो । वाहुन, क्षेत्री, लिम्बु, राई, तामाङ, शेर्पा लगायतका सास्कृतिक झाँकिहरु थिए । विभिन्न ठाँउमा माला, खदा ओडाएर गुरु र विशिष्ट पाउनाको स्वागत गरे स्थानीयले ।

र्‍यालीमा थिए हिन्दु, वौद्ध, किरात र इसाई (क्रिष्टियन)का गुरुहरु । र्‍याली जोरपोखरीको छेउमा पुगेर मञ्चतर्फ लाग्यो। ‘बहुधार्मिक ज्ञान सागर’ नामकरण गरिएको कार्यक्रमको उद्घाटन यहि भयो । तीन दिनसम्म यो कार्यक्रम चल्ने छ। संगीनी, केलाङ, डम्फू नाच लगायतका प्रस्तुती राखिए । विभिन्न दर्शनमा आधारीत धर्मगुरु एउटै मञ्चमा देखा पर्दा सहभागि निक्कै उत्सुक समेत देखिए ।  ज्ञानसागरसँगै सास्कृतिक मेलासमेत राखिएको छ । तीनै दिन परम्परागत स्थानीय सस्कृतिको प्रस्तुती हुने बताइएको छ । यहिवाट चारधर्मका गुरुहरुले एकै ठाँउवाट पालैपालो आफ्नो प्रवचन गर्ने कार्यक्रम राखिएको छ । यहि मञ्चबाट लोभलाग्दो प्रकृति भएको सुन्दर जोरपोखरीमा समाजिक सद्भाव प्रवद्र्धन गर्ने भन्दै चार धर्मका ख्याती प्राप्त गुरुहरुले प्रवचन दिने कार्यक्रम राखिएको हो । धार्मिक अनुष्ठानहरुले घेरीएको जोरपोखरीमा धार्मिक गुरुहरुले प्रवचन दिईरहेका छन ।

धर्मको अन्तिम सार एउटै रहेको सन्देश दिलाउन गुरुहरुले पालैपालो प्रबचन दिईरहेका छन । हिन्दुधर्मका दुर्गा प्रसाद खतिवडा, डा.पुन्य प्रसाद पौडेल, किरातका डा. चन्द्रकुमार शेर्मा, देउवहादुर तुम्बापो, बौद्धका लामा ङावाङ तेन्जीङ शेर्पा र क्रिष्ट्रियनका एनडी थुलुङ तथा कविर गुरुङले प्रवचन दिईरहेका छन । चार घर्मका आठ गुरुहरुले विभिन्न विषयमा प्रवचन दिईरहेका हुन ।

उद्घाटन समारोहका बक्ताहरुले विभिन्न धर्मका गुरुहरुले एकैठाँउमा बसेर प्रवचन दिदा समाजमा सकारात्मक सन्देश जाने बताएका थिए । पालैपालो प्रवचन गर्ने कार्यक्रम बनाइएको छ । प्रवचनमा स्थानियहरुले सहभागिता छ । गुरुहरुले एकको प्रवचन अर्कोले सुन्दै छन ।  पहिलो चरणमा इलाईवाट प्रवचन सुरु भएको छ । प्रवचन दुई चरणमा गर्ने कार्यक्रम रहेको आयोजक जनउद्वार संघका अध्यक्ष वालकृष्ण ओझाले जानकारी दिए ।  यस्ता कार्यक्रमले धर्महरुविच सद्भावको सृजना गर्ने डा. शेर्माको बुझाई छ । प्रवचन सुन्न सहभागिको संख्या उलेख्य रहेको छ । युनएडिपिको सहयोगमा ज्ञानसागर आयोजना भएको हो । स्थानियले उत्सहापूर्वक कार्यक्रमलाई भव्यता दिएका छन ।

प्रकाशित: ३० आश्विन २०७४ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App