"

यी हुन् राजपाबाट चुनाव लड्ने शीर्ष ३० नेता

बिहिबार, २६ असोज २०७४, ०८ : २१ भुवन शर्मा


काठमाडौं- लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम, नेपालसँग चुनावी तालमेल गर्ने घोषण गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिनधिसभा (संघीय संसद्) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तयार पारेको छ ।
सूची तय गरिए पनि अन्तिम टुंगो भने फोरम नेपालसँग बैठक गरी लगाइने राजपाका नेताहरूले बताएका छन् । यसका लागि बिहीबार फोरम नेपालसँग राजपाले छलफल गर्नेछ । सोमबार, मंगलबार र बुधबार राजपा अध्यक्षमण्डलका सदस्यहरूले बैठक गरी पार्टीबाट प्रत्यक्ष्य चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय गरेका हुन् ।  
राजपा प्रवक्ता सन्तोष मेहताले पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय भएको जानकारी दिँदै फोरम नेपालसँगको बैठकपछि टुंगोमा पुग्ने बताए । ‘हामीले लोकतान्त्रिक गठबन्धनसँग ५५ सिट मागेका छौं । त्योमध्ये हामी र फोरम नेपालले आधा–आधा गर्ने भएका छौं’, मेहताले भने, ‘त्यसैले फोरम नेपालसँगको बैठकपछि यो सूचीमा केही तलमाथि हुने सम्भावना छ ।’
स्रोतका अनुसार राजपा अध्यक्षमण्डलका ६ सदस्यको नाम  प्रत्यक्ष चुनाव लड्ने सूचीमा राखिएको छ । यसमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको पनि नाम छ । ठाकुरको नाम महोत्तरी ३ बाट राखिएको छ । उनले  भने प्रत्यक्ष चुनाव लड्ने चाहना नराखेको स्रोतको भनाइ छ ।
अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो धनुषा ३, महेन्द्र यादव  सर्लाही, अनिल झा रौतहट, राजकिशोर यादव सिरहाबाट चुनाव लड्ने सूचीमा राखिएको छ । अन्य नेताहरू जितेन्द्र सोनाल बारा, बद्री मण्डल मोरङ, रामचन्द्र कुशवाह सुनसरी, सर्बेन्द्रनाथ शुक्ल रूपन्देही, शेखर सिंह सप्तरी, प्रदीपशमशेर जबरा रौतहट, सरोजकुमार याद बारा, मनीष सुमन सप्तरी, लक्ष्मणलाल कर्ण पर्साबाछ चुनाव लड्ने तयारी छ । यसैगरी गोविन्द चौधरी नवलपरासी, सन्तोष मेहता सुनसरी, सुरिता साह महोत्तरी, चन्दा चौधरी सर्लाहीबाट निर्वाचन लड्ने सूची तयार पारिएको छ ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूची तयार गर्न राजपा अध्यक्षमण्डलको बैठक बिहीबार पनि बस्नेछ ।
फोरम नेपालले भने प्रत्यक्ष्यतर्फ चुनाव लड्नेको प्रारम्भिक सूची अझै तयार नपारेको नेताहरूले बताएका छन् । फोरम नेपालकी राजनीतिक सदस्य रेखा यादवले प्रत्यक्ष चुनाव लड्ने नेताहरूका बारेमा पार्टीभित्र अझै छलफल नभएको बताइन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।
 

राप्रपाबाट को–को लड्दैछन् चुनाव  
राप्रपा  अध्यक्ष कमल थापाले प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । थापाले मकवानपुर १ बाट चुनाव लड्ने घोषणा गरेको  राप्रपा नेता बुद्धिमान तामाङले बताए । यसैगरी लोकेन्द्रबहादुर चन्द र तामाङले पनि प्रत्यक्ष चुनाव लड्ने सोच बनाएका छन् । चन्दले बैतडी र तामाङले धादिङबाट चुनाव लड्ने तयारी गरेका छन् । ‘बैतडी, धादिङ, मकवानपुर, नेपालगन्ज र झापामा प्रत्यक्ष चुनाव लड्ने हाम्रो योजना छ । यसबारे गठबन्धनमा छलफल हुँदैछ’, उनले भने ।
यसैगरी राप्रपा प्रजातान्त्रिकबाट सुनिल थापा, विक्रम पाण्डे र दीपक बोहराले प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अध्यक्ष पशुपतिशमशेर राणाले भने औपचारिक रूपमा केही बोलेका छैनन् । पाण्डेले चितवनबाट चुनाव लड्ने सोच बनाएका छन् ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...