६ वैशाख २०८१ बिहीबार
अर्थ

जर्मन राजदूतावासको रेड एरियाबाट लाङटाङ क्षेत्र हट्यो

काठमाडौं - नेपालस्थितजर्मन राजदूतावासले लाङटाङ क्षेत्रलाई रेड एरियाबाट हटाएको छ । २०७२ वैशाख १२ गते आएको भूकम्पपछि लाङटाङ क्षेत्र पदयात्रागर्न जोखिमपूर्ण रहेको भन्दै दूतावासले आफ्ना नागरिकलाई त्यस क्षेत्रमा नजान परिपत्र जारी गरेको थियो ।
जर्मन अल्पाइनक्लब (डिएभी)ले एक लाख युरो सहयोगमा लाङटाङ क्षेत्रको पदमार्ग पुनःनिर्माण गरेपछि दूतावासले असोज १७गते यस क्षेत्रलाई रेड एरियाबाट हटाएको हो ।
जर्मनीका विभिन्न सञ्चारमाध्यममा कार्यरत आठ सञ्चारकर्मी सहित १३ सदस्यीय डिएभी प्रतिनिधिमण्डलले गत हप्ता लाङटाङ क्षेत्रको भ्रमण गरेका थिए । डिएभीका उपाध्यक्ष जुर्गेन इप्पलले दूतावासलाई लाङटाङ क्षेत्रको पदमार्ग पुनःनिर्माण रक्लबको परियोजनाको विषयमा जानकारी गराएका थिए। परियोजना सम्पन्न भए सँगै दूतावासले लाङटाङ क्षेत्रलाई रेड एरियाबाट हटाएको हो ।
डिएभीसँग ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले त्यस क्षेत्रमा भूकम्पबाट क्षतिग्रस्त पदमार्ग मर्मत तथा ट्रस ब्रिज निर्माणका लागि मुख्य भूमिका खेलेको छ । ‘रिस्टोरेसन अफ ट्रेकिङ एन्ड ट्रान्सपोर्टेसन ट्रेल इन लाङटाङ भ्याली’नाम दिएर डिएभीले टानसँग संस्थागत सहकार्य गरेको हो । टानले एक करोड २७लाख रुपैयाँमा सो परियोजना गत सेप्टेम्बरमा सम्पन्न गरेको हो ।
त्यस क्षेत्रको बाटो निर्माणमा क्लबको आर्थिक सहयोगसँगै १०प्रतिशत टानले आफ्नो आन्तरिक स्रोतबाट खर्च गरेको छ । सो परियोजनाका लागि डिएभी, टान र स्थानीय साझेदार संस्था लाङटाङ म्यानेजमेन्ट एन्ड रिकन्सट्रक्सन कमिटी (एलएमआरसी)बीच अप्रिल २०१६ मात्रिपक्षीय सम्झौता भएको थियो ।
पदमार्गलाई पाँचभागमा विभाजन गरी प्रत्येक भागमा छुट्टाछुट्टै उपभोक्ता समिति मार्फत पुनःनिर्माण र मर्मत कार्य सम्पन्नगरिएको टानले जनाएको छ ।
परियोजना अन्तर्गत छुनाम र घोडा तबेलाबीचको भागमा डाइभर्सन गरी पदमार्ग तयार गर्न समुद्री सतहदेखि दुई हजार आठ सय ५४ मिटरको उचाइमा रहेको छुनाममा ३२ मिटर लामो ट्रेल र ट्रस ब्रिजनिर्माण गरिएको छ ।
लाङटाङ क्षेत्रमा अवस्थित शेर्पा गाउँदेखि घोडातबेलासम्मको भागमा पदमार्ग मर्मत, चौडा गर्ने, सिँढी निर्माण गर्ने तथा पहिरो माग्याबिन र स्ल्याब राख्ने काम गरिएको छ । अर्को भाग लाङटाङ खोला पुलदेखि रिम्चेसम्मको पदमार्ग माग्याबिन राखी पहिरो र बाढीको प्रभावकम गर्ने प्रयास र सिँढी निर्माण गरिएको छ ।
लाङटाङ उपत्यकाको घोडा तबेलादेखि क्यान्जिङ गुम्बासम्म भत्किएका पदमार्ग मर्मत गरिएको छ भने हिमपहिरोबाट छोपिएको लाङटाङ गाउँ नजिकको पहिरो सफा गरी पदमार्ग खोलिएको छ । पहिरो र बाम्बुबीचको भागमा बाटो खोल्ने, चौडा गर्ने र सिँढी निर्माण गरिएको छ ।
टान अध्यक्षचन्द्र रिजालले लाङटाङ क्षेत्रको पदमार्ग पुनःनिर्माण परियोजनाले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदानपुग्ने बताए । ‘राज्यस्तरबाट पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने थियो । त्यो  हुन सकेन,’उनले भने, ‘तैपनि टान सदैव नयाँ गन्तव्यको खोजी र पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा क्रियाशील रहन्छ ।’
टानका महासचिव कर्ण लामाले डिएभीसँगको सहकार्यले अन्तर्राष्ट्रिय पर्यटन वृत्तमा लाङटाङ क्षेत्रको थपचर्चा हुने बताए । उनकाअनुसार अहिले लाङटाङले नयाँजीवनपाएको छ । अहिले बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटक लाङटाङ बढेको लामाको भनाइ छ ।
लाङटाङ व्यवस्थापन तथा पुनःनिर्माण समितिका अध्यक्ष तेम्बालामाले लाङटाङ क्षेत्रको पदमार्ग पुनःनिर्माणपछि विगतकै रुपमा फर्किएको बताए । ‘अहिले लाङटाङको हरेक होटल भरिभराउ छन् । पर्यटकहरु उत्तिकै मात्रामा फर्किएका छन्,’ उनले भने,‘जर्मन अल्पाइनक्लब र टानको प्रयासले लाङटाङ फेरि पर्यटकलाई स्वागत गर्न तयार भएको छ ।’

प्रकाशित: २५ आश्विन २०७४ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App