६ वैशाख २०८१ बिहीबार
राजनीति

एमालेद्वारा ४६ जना उम्मेदवार सिरफारिस, संघमा थापा सर्वसम्मत

बाजुरा – नेकपा एमाले बाजुराले आसन्न प्रदेश र संघको निर्वाचनका लागि ४६ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फगरी ४६ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एमाले केन्द्रीय सदस्य लालबहादुर थापा र समानुपातिक तर्फ दयालबहादुर शाही (खुुल्ला), मिनबहादुर विष्ट (दुर्गम), काशी विक (दलित) र मन्देवी ओली (महिला) सर्वसम्मत सिफारिसममा परेका छन्। 

एमालेले प्रदेश तर्फ भने जम्बो टोली सिफारिस गरेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र १ प्रत्यक्ष तर्फ ६ जना र समानुपातिक तर्फ २१ जनाको नाम सिफारिस गरी पठाएको प्रदेश सभा निर्वाचन क्षेत्र १ समन्वय कमिटी संयोजक पेम्बा गुरुङ भोटेले जानकारी दिए ।

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र २ मा प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ ७ र पेशागत समूहबाट २ जनाको नाम सिफारिस गरेको प्रदेश सभा निर्वाचन क्षेत्र २ समन्वय कमिटी संयोजक एवं पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए । 

प्रदेश सभा निर्वाचन क्षेत्र १ प्रत्यक्ष तर्फ निर्मला रोकाया, पूर्ण रावल, बल्देव रेग्मी, राजबहादुर गिरी, रंगमान शाही र हिक्मतबहादुर शाहीको नाम सिफारिस गरिएको छ । सिफारिसमा परेको रेग्मी पार्टी सचिव हुन् भने रंगमान शाही पूर्व पार्टी उपाध्यक्ष र हिक्मत बहादुर शाही पूर्व सांसद हुन् । 

गिरी सुदरपश्चिम विकास आयोग सदस्य पदमा कार्यरत छन् भने रावत एमाले सचिवालय सदस्य र रोकाया अनेमसंघमा आवद्ध छन् । त्यस्तै समानुपातिक तर्फ नीरबहादुर शाही, नन्दबहादुर शाही, वीरबहादुर शाही, नन्द बहादुर रोकाया, मनलाल विष्ट, सर्पलाल गिरी, रामलाल कार्कीको नाम खुला तर्फ सिफारिस गरिएको छ । 

यस्तै कोपिला शाही, दुधकला ताम्राकार, लक्ष्मी धराला, शुशिला शाही, उज्जला बुढा, महिला कोटामा सिफारिस भएका छन् । भने, मूल्हाम थापा, नृप थापा, दावा गुरुङ्ग र सर्पलाल गुरुङ्ग जनजाति, मोहनलाल नेपाली, जयलाल विक, शंकर चदारा, रत्ने नेपाली र दिपक साहनी दलित कोटाबाट सिफारिस भएका छन् । 

यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र २ मा प्रत्यक्ष तर्फ चन्द्र थापा, नरेश रोकाया, प्रकाश शाह, भरत थापा र बसुन्धरा रोकाया सिफारिसमा परेका छन्। सिफारिस भएका शाह एमाले वैकल्पिक केन्द्रीय सदस्य र पूर्व पार्टी अध्यक्ष हुन् । रोकाया अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य हुन् । 

बसुन्धरा रोकाया सांसद हुन् भने भरत थापा र चन्द्र थापा एमाले सचिवालय सदस्य हुुन् । यस्तै समानुपातिक तर्फ कर्णबहादुर थापा खुला तर्फ सिफारिस भएका छन् । थापा एमाले पोलिटव्यूरो सदस्य, पूर्व उद्योग मन्त्री र प्रदेश नम्बर ७ का सहसंयोेजक हुन् ।

काशी नेपाली, रमेश नेपाली, लक्ष्मी विक, विमला थापा सिता बराल थापा र बुद्धी बोगटी सिफारिसमा परेका छन् । शुक्रबार राती  सकिएको बैठकले शिक्षक तुला थापा र जहरसिंह थापालाई पेशागत तर्फबाट उम्मेदवार सिफारिस गरेको छ ।

संघमा लालबहादुर थापा सर्वसम्मत  

नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एमाले केन्द्रीय सदस्य लालबहादुर थापा सर्वसम्मत सिफारिस भएका छन् । पूर्व पार्टी जिल्ला अध्यक्ष, तत्कालिन जिल्ला  विकास समिति पूर्व सभापति थापा बाजुराका लोकप्रिय नेता भित्र पर्दछन् । 

जनतामाझ प्रिय थापालाई अघि सार्दा जितका लागि सजिलो हुने आँकलनका आधारमा एमालेले अघि सारेको हो । एमालेले समानुपातिक तर्फ दयालबहादुर शाही (खुुल्ला), मिनबहादुर विष्ट (दुर्गम), काशी विक (दलित) र मन्देवी ओली (महिला) सर्वसम्मत सिफारिसममा परेका छन् ।

प्रकाशित: २१ आश्विन २०७४ ११:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App