७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

विमान दुर्घटना हुदाँ ५सैनिकको मृत्यु

नयाँ दिल्ली – भारतको अरुणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना हुँदा ५ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्।

एमआई भी १७ नामक विमान शुक्रबार  बिहान ६ बजे दुर्घटना भएको हो । भारतको अरुणाचल प्रदेश भौगोलिक खतराका कारण विमान दुर्घटना हुन पुगेको एक अधिकारीको दाबी छ  । विमान दुर्घटना क्षेत्र भारत चीनको सीमा पर्छ।

भारतका गृहराज्य मन्त्री किरण रिजिजूले मौसममा आएको खराबीका कारण एमआई भी १७ नामक विमान दुर्घटनाग्रस्त हुन पुगेको दाबी गरेका छन् ।

यसअघि सन् २०१५ मा भारतको अरूणाचल प्रदेशमा भारतीय सेनाको विमान दुर्घटना भएको थियो । त्यसै सन् २०११ मा अरूणाचल प्रदेशमा भएको विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित: २० आश्विन २०७४ १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App