८ वैशाख २०८१ शनिबार
प्रवास

कर्णेल कुमार लामाको फैसला लम्बियो

कुमार लामा। फाइल तस्विर

कोपनहेगन-सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको मुद्दामाथिको फैसला लम्बिने भएको छ।

गत मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्सीय जुरीमा  सात हप्ता लामो  सुनुवाइ सकिएपछि अन्तिम फैसला आउने अपेक्षा गरिएकाे थियाे। तर मंगलवारदेखि लगातार बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसक्दा फैसला ढिलाइ भएकाे हाे।

स्रोतका अनुसार लामा हरेक दिन परिवार सहित अदालतमा पुग्ने गरेका छन्। अगष्ट महिनामा बेलायती अदालतमा हिलिडे हुने भएका कारण शुक्रवारसम्म अन्तिम फैसला आउने अपेक्षा घलेको थियो तर जुरी निष्र्कषमा पुग्न नसके पछि पुनः सोमवार विहान सम्मका लागि स्थगित भएको छ।
 
बेलायतले  लामामाथि संयुक्त राष्ट्र संघको यातनाविरुद्धको महासन्धि अन्तर्गत, अन्तर्राष्ट्रिय क्षेत्राधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो। लामाले ती आरोपहरुलाई अस्वीकार गर्दै आएका छन्। 
 
यस अघि गतहप्ता भएको सुनुवाइको क्रममा महासेनानी लामाले अदालत समक्ष बयान दिन अस्वीकार गरेका थिए।

प्रकाशित: १५ श्रावण २०७३ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App