"

उम्मेदवार छान्दै सिन्धुका दल

शुक्रबार, २० असोज २०७४, ०९ : २१ ध्रुव दंगाल


सिन्धुपाल्चोक- दसैं अवधिभर चुनाव केन्द्रित छलफल र बैठकमा व्यस्त सिन्धुपाल्चोकमा क्रियाशील राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धमाधम उम्मेदवार छनोट र सिफारिस थालेका छन् ।
    जिल्लामा सक्रिय तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट र सिफारिस गर्न थालेसँगै राजनीतिक सरगर्मी बढ्दो छ । केन्द्रमा वामपन्थी र प्रजातन्त्रिक शक्तिबीच ध्रुवीकरण प्रयास भइरहँदा जिल्लाका प्रमुख दलका नेतामा द्विविधा र अन्योल सिर्जना गरे पनि स्थानीय राजनीति भने थप रोमाञ्चक बनिरहेको छ । स्थानीय तह निर्वाचनको पारो सेलाउन नपाउँदै संघारमै आइपुगेको केन्द्र र प्रदेशसभाको निर्वाचनले जिल्लाको राजनीतिक वातावरण ह्वात्तै तातेको छ ।
    दुवै निर्वाचनमा चुनावी तालमेल गर्दै त्यसपछि एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेकामध्ये माओवादी केन्द्रले सबैभन्दा पहिला उम्मेदवार छनोट गर्दै केन्द्रमा सिफारिससमेत पठाइसकेको छ । अर्को कम्युनिस्ट शक्ति एमाले उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेको छ । दसैं अवधिभर उम्मेदवार छान्न बैठक, भेला र छलफल गरेको कांग्रेसले सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।
    माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का लागि स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा, युवा नेता सरल सहयात्री पौडेल र पूर्वसभासद् राजकुमार पौडेलको नाम सिफारिस गरेको छ । उसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट पूर्वसभासद् दावा तामाङको एकल नाम सिफारिस गरेको छ । केन्द्रीय निर्वाचनतर्फ समानुपातिक उम्मेदवारका लागि झम्क बराइली र बलराम विकको नाम सिफारिस गरिएको केन्द्रका जिल्ला नेता युवराज दुलालले बताए ।
माओवादी केन्द्रले प्रदेशतर्फ प्रत्यक्षमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, प्रदेशसभा १ बाट लालकान्छा तामाङ र २ बाट माधव सापकोटाको नाम सिफारिस गरेको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा १ का लागि युवराज दुलाल र २ का लागि चन्द्रबहादुर थापाको एकल नाम सिफारिस गरेको छ । उसले नेत्र दंगाल, अमृता थापा, रोहिणी विक, चन्द्र धिमालकोटी, श्यामकृष्ण श्रेष्ठ, श्यामसुन्दर श्रेष्ठ, लम्लम शेर्पा र उत्तम आलेलाई प्रदेशसभा समानुपातिक उम्मेदवार सिफारिस गरिएको छ ।
    कांग्रेसले गाउँ र क्षेत्रीय समितिबाट आएका नाममा अझै थप गर्दै केन्द्रमा जम्बो उम्मेदवारको सूची पठाएको छ । उसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सूचना तथा सञ्चारमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सोनामकुमार योञ्जन लामाको नाम सिफारिस गरेको छ । २ बाट भने पार्टी सभापति विकास लामा, तारानाथ दाहाल र आइतमान तामाङ सिफारिसमा परेका छन् ।
    प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, प्रदेशसभा १ बाट विष्णुबहादुर खत्री, भूपेन्द्रबहादुर थापा, बालकृष्ण बस्नेत, भोला बोहरा, बलदेव तिमिल्सिना र लक्ष्मी श्रेष्ठको नाम कांग्रेसले सिफारिस गरेको छ । प्रदेशसभा २ मा कृष्णप्रसाद न्यौपाने, भीष्मप्रताप भण्डारी, जंगबहादुर लामा र राजेन्द्रकुमार श्रेष्ठसहित सातजना सिफारिसमा परेका छन् ।
कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा १ का लागि महासमिति सदस्य विकास तामाङ, बिलबहादुर तामाङ, यज्ञप्रसाद दंगाल र टंकबहादुर कार्कीसहित सात जना र २ का लागि पासाङ दोङ, जिमी लामा, मधुसूदन सिग्देल, सागरकुमार श्रेष्ठ र गंगाकुमारी चापागाईंसहित सातै जनाको नाम पठाएको छ ।
    उसले केन्द्रका लागि समानुपातिकतर्फ हरिशरण श्रेष्ठ, भोजराज श्रेष्ठ, विनोद मोक्तान, राजेन्द्रमान ताल्चाभँडेल, कान्छा लामा, श्यामबहादुर श्रेष्ठ, चेतकुमार घोरासैनीसहित १४ जना र प्रदेशतर्फ प्रेमध्वज लामा, लीला नेपाल, विष्णुप्रसाद न्यौपाने, ज्ञानु तिमिल्सिना, शिव सुनार, मीरा लामा, सुदर्शन आचार्य, इन्द्रलोचन धिताल, कर्मातोप्के लामा, हरिकुमार शर्मासहित ३७ जनाको नाम सिफारिस गरेको छ । आकांक्षी धेरै हुँदा उम्मेदवारको सूची लामो भएको कांग्रेस प्रचार समिति संयोजक अनुप न्यौपानेले बताए ।
एमालेले बुधबार चारवटै प्रदेश समितिको बैठक राखेर प्रदेशसभाका लागि सम्भावित उम्मेदवारको प्रारम्भिक नाम संकलन गरेको थियो । क्षेत्रीय समितिको बैठकले बिहीबार प्रतिनिधिसभाका सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको एमाले प्रचार संयोजक यज्ञ सापकोटाले बताए । ‘शुक्रबार बस्ने जिल्ला समिति बैठकले आएका नाममा छलफल गरी उम्मेदवारको अन्तिम नाम सिफारिस र सार्वजनिक गर्छ,’ उनले भने ।







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...