"

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

बिहिबार, १९ असोज २०७४, १९ : ४८ नागरिक


धनगढी – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ। 

नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम बिहीबार केन्द्रीय समितिमा सिफारिस गरेको हो। 

प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपतिकतर्फ उम्मेदवार हुन चाहने आकांक्षीमध्ये एक महिलासहित तीन÷तीन जनाको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएकोमा आकांक्षी बढी भएपछि सबैको नाम सिफारिस गर्नुपरेको काँग्रेसका जिल्ला सचिव पूर्ण कुँवरले बताए। 

काँग्रेसले प्रधानमन्त्रीका पत्नी डा आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ। 

यो क्षेत्रमा डा राणाको पक्षमा सर्वसम्मति हुन नसकेपछि सांसदद्वय पुष्करनाथ ओझा र प्यारेलाल राना, प्रभावशाली नेता सुनिलकुमार भण्डारी, युवा नेता क्षितिज भण्डारी र गणेश देउवाको समेत नाम सिफारिस गरिएको छ। 

यस्तै प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ बाट सांसदद्वय ईश्वरी न्यौपाने र बुद्धिसागर चौधरी, नारायणदत्त मिश्र र डा रणबहादुर रावलसहित आठ जना, क्षेत्र नं २ बाट कमल शाह, मानबहादुर महतो र हेमबहादुर रावल, क्षेत्र नं ३ बाट गोविन्दराज जोशी, खेमराज चौधरी, मोहनराज मल्ल र पर्शुराम चौधरी, क्षेत्र नं ४ बाट डा. लक्ष्मीराज पाठक, प्रकाश बम, सुनीलकुमार भण्डारी र हीरादत्त भट्टसहित पाँच जनाको नाम सिफारिस गरिएको छ। 

प्रदेशसभा सदस्य निर्वाचनका लागि क्षेत्र नं १ बाट पूर्वसांसद गंगाबहादुर कुँवर, जंगबहादुर साउद, फकिरसिं कडायत, लक्ष्मण न्यौपाने, धर्मराज न्यौपानेलगायत १४ जना क्षेत्र नं २ बाट लोकबहादुर महतो, जनक बम, देवानन्द जैशी, दलवीर साउद, उत्तम जोशी, लब शाही, कृष्ण पाण्डेसहित २० जना, क्षेत्र नं ३ बाट रामचरण चौधरी, दिपकराज जोशी, भीम बडुवाल, वीरबहादुर हमालसहित १५ जना, क्षेत्र नं ४ बाट पदमराज भट्ट, वीरेन्द्र भट्ट, शेरबहादुर देउवा, भोजबहादुर बम, रामबहादुर कलेल, दिनेश जोशी, यज्ञराज चौधरी र वीरबहादुर हमालसहित १६ जनाको नाम सिफारिस गरिएको छ। 

क्षेत्र नं ५ बाट काँग्रेसका जिल्ला सभापति नरनारायण शाह, आनन्दराज जोशी, नारायण भट्ट, हरिश खड्का, कृष्णबहादुर महरा, जीवन राना, गणेश देउवा, क्षितिज भण्डारी, केशव मिश्रसहित २२ जनाको नाम केन्द्रमा पठाइएको छ। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सन्नी लियोनी अस्पताल भर्ना

सन्नी लियोनी अस्पताल भर्ना

बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी अस्पताल भर्ना भएकी छिन्। टिभी शो स्प्लिट्सविला सीजन ११ को शुटिङ्गका विरामी परेर चामुण्डा...

स्वस्तिमा बनिन् टेम्पो चालक

स्वस्तिमा बनिन् टेम्पो चालक

राजधानीमा टेम्पो चालक महिलाको संख्या उलेख्य छ यसैले महिला चालक हुनु नयाँ भएन। तर शुक्रबार बिहान विजुली बजार क्षेत्रमा चलेको...

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

क्यान्सर पीडित इरफानलाई शाहरुखको सहयोग

न्युरो एन्डोक्रइन क्यान्सरबाट पीडित अभिनेता इरफान खान विगत ३ महिनादेखि उपचारका लागि बेलायतको लण्डनमा छन्। शरीरमा ट्युमर हुने रोगसँग जुधिरहेका...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...