coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रुखमा झुण्डिएको श्रीमानलाई श्रीमतीले बचाइन

कञ्चनपुर, असोज १६ - कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ७ झण्डाबोझका ३५ वर्षीय वीरबहादुर चौधरीको ज्यान उनका आफ्नै श्रीमतीले बचाएकी छिन् । घरायसी विवादका कारण आत्महत्या गर्न रुखमा झुण्डिन गएका चौधरीको ज्यान उनकै श्रीमतीले बचाएकी हुन् । रुखमा झुण्डिएका बेला श्रीमतीले थाहा पाई घाँटीमा बाँधेको चुन्नी काटेर आज उनको ज्यान जोगाएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।

आत्महत्या गर्न खोज्ने चौधरीको अवस्था गम्भीर रहेको छ । उनको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जनाएको छ । 

प्रकाशित: १६ आश्विन २०७४ १५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App