४ वैशाख २०८१ मंगलबार
प्रवास

एनआरएनए आईसीसी मध्यपूर्वको उपसंयोजकमा कंडेलले उम्मेदवारी दिने

युएई- गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, (एनआरएनए आईसीसी) मध्यपूर्वको उपसंयोजकमा गोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गरेका छन।

आगामी दुईहप्ता पछि काठमाडौंमा हुने संघको आठौं अन्तराष्ट्रिय महाधिवेशनमा कंडेलले उम्मेदवारी दिन लागेका हुन्। उनि बर्तमान कार्यसमितीको आईसीसी सदस्य समेत हुन ।

एनआरएन युएईले  विहीबार गरेको कार्यक्रममा १० बुदे घोषणा पत्र जारी गर्दै कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उनि युएईमा एनआरएन अभियानकर्ताको रुपमा चिनिन्छन। २०११-२०१३ कार्यकालमा एनआरएन एनसीसी युएईको सचिब र २०१३-२०१५ मा एनसीसी युएईको महासचिब पदमा रहेर कंडेलले काम गरि सकेका छन।  २०१५ -२०१७ को कार्यकालको लागि  आइसिसी सदस्यमा कंडेल निर्बिरोध निर्वाचित भएका थिए। 

युएईमा रहेका नेपाली समाज युएई ,बाग्लुङ सेवा समाज युएई लगाएत अन्य विभिन्न समाजिक संघ संस्थाहरुमा बसेर कुशलतापुर्वक आफ्नो काम गरेका कंडेलले ७ - ८ बर्ष देखी एनआरएनको अभियानमा सहभागी भई मुख्य भूमिका निर्बाह गर्दै आएका छन।

नेपालमा महाभूकम्प गएको  बेला भूकम्प पीडित सहयोग समिती संयोजकलाई रहेर सिन्धुपल्चोकमा रहेका बाढी पीडितहरुको स्थलगत भ्रमण गरी सहयोग संकलन तथा बितरण गरेका उनि संघ भित्र चर्चाको शिखरमा छन । 

नेपाल सरकार र मातहतका निकायहरुसँग समन्वय एवम सहकार्य गरी खाडी मुलुकमा बैदेशिक रोजगारीको शिलशिलामा रहेका आम नेपालीहरुको समस्याहरुलाई समाधान गर्न कंडेल प्रतिबद्द छन । उनले नेपालको पर्यटन प्रबर्दन गर्नको लागी एनआरएन आईसीसीले अघी सारेका कार्यक्रमहरु, एनआरएनए भवन निर्माण, भूकम्प पीडितहरुको लागि सुरु भएको लाप्राक बस्ती निर्माण लगायतका आईसीसीका कार्यक्रमहरुमा साथ दिने प्रतिबद्दता जनाएका छन।    

 

प्रकाशित: १६ आश्विन २०७४ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App