७ वैशाख २०८१ शुक्रबार
अन्य

मातेको राँगो दौडाउने जात्रा

हरेक वर्ष दसैँको नवमीका दिन भक्तपुर नगर क्षेत्रमा एउटा मातेको राँगो दौडन्छ । राँगोलाई समाएर डो¥याउन खोज्दै युवाहरू त्यसको पछाडि दौडन्छन् ।

नगरवासी कालो राँगोलाई हेर्न सडकमा लाम लाग्छन् । राँगो कहिले युवालाई लछार्दै त कहिले सिँगौरी खेल्न खोज्दै अगाडि बढ्छ । राँगोको उन्मत्त रूप देखेर कतिपय डराएर चिच्याउँछन् पनि ।

हरेक दसैँका बेला राँगोलाई रक्सी ख्वाई दौडाइने जात्रालाई खम्ये अर्थात् राँगो जात्रा भनिन्छ । भक्तपुर क्षेत्रमा यसलाई दसैँकै विशेष जात्राका रूपमा चिनिन्छ ।

रक्सीले मातेको राँगोलाई भक्तपुरको द्योछेँबाट दौडाउँदै ब्रह्मायणी पु¥याइन्छ । रातमा त्यसलाई वध गरेपछि हर्षोल्लास छाउँछ ।
हरेक दसैँका बेला भक्तपुरमा राँगोलाई रक्सी ख्वाई दौडाएर देखाइने जात्रालाई खम्ये अर्थात् राँगो जात्रा भनिन्छ । भक्तपुर क्षेत्रमा यसलाई दसैँकै विशेष जात्राका रूपमा चिनिन्छ ।
यसपालि खम्ये जात्रा आगामी शुक्रबार हुँदै छ । हरेक वर्ष दसैँमा राष्ट्रप्रमुखले दर्शन गर्ने भक्तपुरस्थित नवदुर्गा द्योछेँ (देवताघर)मा पालेर राखेको राँगोलाई दौडाइने भएकाले यसको नाम खम्ये जात्रा रहन गएको हो ।
नेपाल भाषामा खम्मे भनेको ठूलो राँगो हुन्छ । यसपालिको जात्राका लागि भक्तपुर नगरपालिका– ९ गछेँस्थित द्योछेँमा राँगो किनेर भिœयाइसकिएको छ । आगामी महानवमीमा द्योछेँबाट नगरभरि राँगोलाई दौडाएपछि भक्तपुर नगरको पूर्वस्थित ब्रह्मायणीमा राति वध गरिन्छ ।
राँगोलाई महिषासुरको प्रतीक मानेर वध गर्ने गरिएको संस्कृतिविद् बताउँछन् । नवमीको राति खम्येलाई ब्रह्मायणीमा लगेर वध गरेपछि भोलिपल्ट (दसैँको दिन) सोही स्थानमा ठूलो मेला लाग्छ ।
मेलामा हजारौँ श्रद्धालु ब्रह्मायणी पुग्छन् । दशमीमा मेला भर्न ब्रह्मायणीमा भक्तपुरबाट मात्र नभई काठमाडौं, ललितपुर, काभ्रेलगायत जिल्लाबाट भक्तालु आउँछन् । नवमीको दिन वध गरिएको राँगोको मासुलाई भाग लगाएर बाँड्ने चलन छ ।
वधका लागि खटिने कसाइदेखि नवदुर्गाको मुकुन्डो बनाउने चित्रकार लगायतलाई मासु भाग लगाइन्छ । खम्येलाई प्रत्येक वर्ष भक्तजनले किनेर राखिदिने गर्छन् । यसपालि भक्तपुर नगरपालिका– २ लिवालिवीनिवासी रामभक्त प्रजापतिले राँगो चढाएका छन् । करिब एक लाख रुपैयाँ पर्ने राँगो उनले चढाएका हुन् । यो जात्राका लागि राँगो किनिदिन भक्तालुबीच प्रतिस्पर्धा नै चल्छ ।
जात्राका लागि चढाइने राँगो ठूलो र निख्खर कालो हुनुपर्ने नियम छ । हरेक वर्ष यस्तै राँगो खोज्ने गरिन्छ । जात्रा आयोजक संस्थाकै पदाधिकारीको संलग्नतामा राँगो खोज्ने परम्परा छ ।
संस्कृतिविद् ओम धौभडेल महिषासुरको प्रतीकका रूपमा राँगोलाई महानवमीमा वध गर्ने गरिएको बताउँछन् । राँगोे वधस्थलमा सर्वसाधारणलाई प्रवेश दिइँदैन ।

प्रकाशित: ९ आश्विन २०७४ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App