७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायत काँग्रेसमा युवराज गुरुङ सर्वसम्मत

लन्डन—नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज गुरुङ निर्विरोध निर्वाचित भएका छन्। समितिको शनिवार हन्स्लोमा सम्पन्न चौथो अधिवेशनले गुरुङलाई निर्विरोध निर्वाचित गरेको हो।
 
४७ सदस्यीय नयाँ कार्यसमितिको उपभापतिमा सुभाष पोखरेल, सुर्य नेम्वाङ, तर्कजंग गुरुङ, कोपिला सुव्बा, युवराज सिंह, आलेख चौहान, सुरज केसी छन। यस्तै १ महामन्त्रीमा प्रवेश केसी चयन भए।
 
समितिको सहमहामन्त्रीमा रोमियन लिम्बु, रितेश पाण्डे, इन्द्र गुरुङ, रेशम वस्याल, उपेन्द्र पौडेल, राज सिटौला निर्विरोध भए ।

उनले संविधानको कार्यान्वयन गरेर देशको प्रगतिको ढोका खुलेको बताए। अहिलेको अवस्थामा नेपाली कांग्रेसको प्राथामिकता भनेको पहिलो पार्टी बन्ने नभइ संविधान र स्थानीय निकायमा जनप्रतिनिधिको

शासन निर्माण गर्नु रहेको उनले बताए।

कोषाध्यक्षमा नर्वु शेर्पा,  सदस्यहरुमा विकास सापकोटा, शान्ति लिम्बु, लाल कुमार सुब्वा, सन्तोष गुरुङ, केशब गुरुङ, संजय पन्त, इशा ताम्राकार, इन्द्रहांग लिम्बु, शंकर श्रेष्ठ, सशी गुरुङ, इन्द्रमान गुरुङ, सर्वसम्मतले चयन भए ।
 
कार्यक्रमको प्रमुख अतिथि कांग्रेस नेता एनपी साउँदले ठूलो आशंकाबीच नेपालको संविधान जारी भएको बताए। उनले संविधानको कार्यान्वयन गरेर देशको प्रगतिको ढोका खुलेको बताए। अहिलेको अवस्थामा नेपाली कांग्रेसको प्राथामिकता भनेको पहिलो पार्टी बन्ने नभइ संविधान र स्थानीय निकायमा जनप्रतिनिधिको शासन निर्माण गर्नु रहेको उनले बताए।
 
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले मुलुकको समस्या समाधानका लागि नेपाली काँग्रेसले अग्रसरता लिएको बताउँदै अखण्ड नेपाललाई जोगाउदै देशलाई समृद्ध बनाउन सबै दलबीचको एकतामा जोड दिए। उनले अहिलेसम्म नेपालमा भएका राजनीतिक परिर्वतनको नेतृत्व नेपाली काँग्रेसले गरेको स्मरण गर्दै आगामी दिनमा आर्थिक समृद्धिको नेतृत्वसमेत नेपाली कांग्रेसले गर्ने बताए ।
 
सांसद बहादुरसिह थापाले अधिवेशनलाई शुभकामना दिदैं नेपालको आर्थिक, समाजिक तथा सांस्कृति विकासको लागि विदेशमा रहेका नेपालीहरुको उल्लेख्य भूमिका रहेको चर्चा गरे ।
 
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपालीले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो योगदान पु¥याएको चर्चा गरे। उनले बेलायतमा रहेका राजनीतिक, जातीय, धार्मिक संघसंस्थाले नेपालको गणतन्त्रको लडाइमा अस्मरणीय योगदान पु¥याएको बताए। उनले विदेशमा बस्ने नेपालीको चिन्ता र चिन्तन सधैं नेपालको स्थायित्व, शान्ति र समृद्धिका लागि हुने गरेको बताए । उनले वेलायतबासी नेपाली समुदायले नेपालप्रति देखाएको चिन्तनलाई नेपालका राजनीतिक दलले सहर्ष ग्रहण गर्नुपर्ने बताए ।
 
प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा राजनीतिक क्रान्ति समाप्त भएर आर्थिक समृद्धिको दिशामा बढेको अवस्थामा नेपाली कांग्रेस र एमालेबीचको सहकार्यमा जोड दिए । उनले सत्ता स्वार्थमा केन्द्रित राजनीतिलाई बाहिर ल्याउन युवा पुस्ताले नेतृत्व लिनुपर्ने धारणा राखे। उनले देशको राजनीतिक उपलब्धि कांग्रेस र एमालेको सहकार्यबाट मात्र सम्भव भएको बताउदै राजनीतिक उपलब्धी रक्षामा समेत एकता हुनुपर्नेमा जोड दिए ।
 
गैरआवासीय नेपाल संघको यूरोप संयोजक कुल आचार्यले गैरआवासीय नेपालीले नयाँ संविधानबाट कस्तो नागरिकता पाउने भन्ने विषय अन्योलमा रहेको बताए । उनले विदेशमा बस्ने नेपालीको नागरिकता र नेपाली राहादानीको ग्यारेन्टी हुनुपर्ने बताए । उनले गैरआवासीयले नेपालको समृद्धि हेर्न चाहेको बताए ।
 
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद र अधिवेशनको लागि केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डेले संयुक्त रुपमा गरेका थिए ।
 
अधिवेशनमा एनआरएन यूकेका महासचिव राजकुमार त्रिपाठी, एनआरएनए सल्लाहाकार विश्वआर्दश पण्डित, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, शिवजी श्रेष्ठ, तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, केशबहादुर गुरुङ, शेर सुनार, विज्ञान प्रसाई,  डा. सम्पूर्णानन्द ढुंगाना, चेतनाथ खनाल, विनोद मोक्तानलगायतले शुभकामना मन्तव्य दिएका थिए । जनसम्पर्क समिति वेलायतको सभापति लोक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कोपिला सुव्बाले गरेकी थिइन्।

प्रकाशित: १ आश्विन २०७४ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App