coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

भाजपा नेता जोलीद्वारा वेलायतमा सुमार्गीको पुस्तक विमोचन

लन्डन—भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपाल एक मात्र हिन्दू राष्ट्र भएको बताएका छन्। वेालायतमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालमा धर्मान्तरण बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। नेपाल मात्र हिन्दूहरुको आस्थाको केन्द्र भएको उनको दाबी थियो।

नेपाली व्यवसायी अजेयराज सुमार्गीको जीवनीमा आधारित पुस्तक विमोचनको लागि उनी वेलायत आएका हुन्। एल्डरसटमा आयोजित एक समारोहबीच अस्मिता सुमार्गीद्वारा लिखित पुस्तक, अस्मिताका अक्षरहरु, अनुभव र अनुभूति तथा अस्मिता नामक गीति एल्बमको समेत उनले लोर्कापण गरे। नेता जोलीले नेपाल र भारतबीच युगौं पुरानो सम्बन्धले थप उचाइ पुगेको बताउदैं भारतले नेपालको सम्बृद्धि हेर्न चाहेको उल्लेख गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता समालेपछि नेपालको विकासको लागि महत्व दिएको बताए।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता समालेपछि नेपालको विकासको लागि महत्व दिएको बताए। विश्वका हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथको भ्रमण गर्न पाउनु विश्वभरका हिन्दूहरुको लागि शौभाग्य भएको उनको भनाइ थियो।

उनले नेपाली भाषा संस्कृतिलाई बेलायती भूमिमा समेत प्रर्वधन गर्नुपर्नेमा जोलीले जोड दिए। भारतीय मुलका प्रसिद्ध समाजसेवी अशोक बर्माले कार्यक्रममा विमोचित पुस्तकको सफलताको कामना गर्दै समाज रुपान्तरणमा भइरहेका सामाजिक कार्यक्रमले विश्वभर दिने सकारात्मक तरंगका बारेमा बोलेका थिए।

कार्यक्रममा अजेयराज सुमार्गीले नेपाल र नेपालीको माया संसारको जुनसुकै कुनामा गए पनि कम नहुने उल्लेख गरे। उनले व्यवसायका लागि दीर्घकालीन योजनालाई अघि सार्दै नयाँ पुस्ताले सामाजिक परिवर्तनको पहलमा चौतर्फीरुपमा लाग्नुपर्नेमा जोड दिए। थाहा प्रतिष्ठान नेपालको निमन्त्रणामा एमाले युवा नेता कर्णबहादुर थापा, माओवादी नेता रामनारायण विडारी समेत कार्यक्रममा सहभागी थिए।

सांसद बिडारीले थाहा आन्दोलनका प्रर्वतक रुपचन्द्र विष्टको थाहा अभियानको विश्वव्यापीकरण सुमार्गीको पुस्तक विमोचन कार्यक्रमले प्रमाणित गरेको दाबी गरे। सांसद कर्णबहादुर थापाले उद्योगी अजेयराज सुमार्गीसँगको परिचय र सम्बन्धबारेमा प्रकाश पार्दै नेपाल र नेपालीको विकासका लागी उनको कदमहरुले चैतर्फी हित र सामुहिकतामा विश्वास बढेको बताए।

कार्यक्रममा विमोचित पुस्तक बिक्रीबाट आउने सम्पूर्ण रकम लक्ष्मी प्रतिष्ठानलाई प्रदान गरिने प्रतिष्ठानको बेलायत संयोजक सुरेन्द्र श्रेष्ठले जनाए।

 

प्रकाशित: २९ भाद्र २०७४ १४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App