८ वैशाख २०८१ शनिबार
नागरिक खोज

खड्का र शर्मालाई कारवाही गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं—सरकारका बरिष्ठ मन्त्रीहरुले भ्रष्टाचारमा मुछिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का तथा साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि छिटै कारवाही हुने बताएका छन्।

सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले खड्का र शर्मालाई कारवाही गर्ने प्रतिबद्धता जाहेर गरे। 'कारवाहीको प्रक्रिया हुन्छ। कारवाहीको फाइल मन्त्रिपरिषदमा आइसकेको छ। आगामी मन्त्रिपरिषद बैठकमा पेश हुन्छ। भ्रष्टचारीलाई छोड्दैनौं', उनले भने।

 'कारवाहीको प्रक्रिया हुन्छ। कारवाहीको फाइल मन्त्रिपरिषदमा आइसकेको छ। आगामी मन्त्रिपरिषद बैठकमा पेश हुन्छ। भ्रष्टचारीलाई छोड्दैनौं', उनले भने।

साझा प्रकाशन उपप्रधानमन्त्री श्रेष्ठकै क्षेत्राधिकारभित्रको संस्थान हो। महाप्रबन्धक शर्मालाई हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद बैठकमा छलफल हुने उनले जानकारी दिए। 'शर्माको अनियमितताबारे हामीले छानवीन समिति बनाएर अघि बढिरहेका बेला अख्तियारले छापा मार्‍यो। त्यसपछि उहाँलाई तीन दिनको प्रस्टिकरण सोधियो। दोस्रो प्रस्टिकरण सोधिएको छ। भोलि स्पष्टिकरण आउँछ। त्यसपछि आगामी क्याबिनेटमा छलफल हुन्छ', श्रेष्ठले भने।

कार्यक्रममा बोल्दै सञ्चारमन्त्री मोहन बस्नेतले कारवाही गर्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले त्यो प्रक्रियामा रहेको बताए। कसैको नाम उल्लेख नगरी उनले भने, 'कारवाहीको पनि आफ्नै प्रक्रिया हुन्छ।त्यो प्रक्रिया अघि बढिसकेको छ। सरकारले भ्रष्टाचारीलाई छोड्दैनँ', उनले भने।

निर्वाचन गराउनु र निर्वाचन केन्द्रित हुनुलाई सरकारले आफ्नो १०० दिनको मुख्य उपलब्धिको रुपमा लिएको छ।

प्रकाशित: २९ भाद्र २०७४ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App