८ वैशाख २०८१ शनिबार
राजनीति

२६ लाख मतदातालाई परिचयपत्र वितरण गरिँदै

काठमाडौं– निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ। प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता बिहीबारदेखि परिचयपत्र बाँडिने आयोगले जनाएको हो।

चुनावमा खटिएका कर्मचारीले सम्बन्धित मतदान केन्द्रमा तीन दिनसम्म मतदाता परिचयपत्र बाँड्ने आयोगले जनाएको छ।

मतदाता परिचयपत्र लिन मतदाता आफैँ उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। मतदाता आफैँ उपस्थित हुन नसके एकाघरका परिवारका सदस्य भएको यकिन गरी दिन सकिनेछ। मतदाता परिचयपत्र वितरण क्रममा निर्वाचन शिक्षा पनि सञ्चालन गरिने आयोगले जनाएको छ।

आठ जिल्लाका लागि आयोगले दुई हजार एक सय ६६ मतदान स्थल र तीन हजार ५ सय ७८  मतदान केन्द्र तोकेको छ। दुई नम्बर प्रदेशमा करिब २६ लाख ६४ हजार मतदाता छन्।

प्रकाशित: २८ भाद्र २०७४ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App