"

यातनाविरुद्धको कानून बनाउन ढिलाइ

बुधबार, २८ भदौ २०७४, १८ : ११ नागरिक


काठमाडौँ – नेपाल संयुक्त राष्ट्र संघीय यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहारविरुद्धको महासन्धिको पक्ष राष्ट्र भएपछि बनाउनुपर्ने कानून तीन वर्षदेखि थन्किएको छ। 

गृह मन्त्रालयले विसं २०७१ मा व्यवस्थापिका–संसद्मा पेश गरेपछि राज्य व्यवस्था समितिमा छलफलका लागि पुगेको यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१ पारित हुन सकेको छैन। 

यो विधेयक समितिअन्तर्गत गठित उपसमितिमा छलफलका क्रममा छ। उपसमितिले ९० प्रतिशत काम सके पनि सरोकार भएको गृह मन्त्रालयको सुझाव नआएकाले अन्तिम रुप दिन नसकेको संयोजक सांसद जीवनबहादुर शाहीले बताए। 

कार्यान्वयन गर्ने मन्त्रालयको सुझावबिना पारित गर्दा अप्ठ्यारो हुनसक्ने भएकाले केही दिन कुरेर भए पनि अन्तिम रुप दिइने भएकाले सहयोग गर्न उनले मन्त्रालयका अधिकारीलाई अनुरोध गरेका छन्। मन्त्रालयका कारण विधेयकलाई अन्तिम रुप दिन समय लागेकाले समितिलाई दोष दिनु नहुने उनले बताए। 

बैठकमा सांसदहरु श्याम ढकाल, लोकमणि ढकाल, रवीन्द्रप्रताप शाह र सन्त राईले उपसमितिले धेरै काम सकेकाले बाँकी काम सिध्याउन विधेयक तयार पार्न मन्त्रालयको सहयोग आवश्यक भएका विचार व्यक्त गरे। 

आजको बैठकमा उपस्थित मन्त्रालयकी सहसचिव निर्मला अधिकारीले निर्वाचनको महत्वपूर्ण काममा सक्रिय हुनुपरेकाले विधेयकमा सुझाव दिन ढिला भएको बताए। 

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव सुवास भट्टराई र रक्षा मन्त्रालयका शाखा अधिकृत किरण महर्जनले विधेयक पारित गर्नका लागि आवश्यक सुझाव दिने प्रतिबद्धता जनाए। रासस 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...