coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भिषा र मास्टर कार्डबाट बुद्धको एयर टिकट किन्न सकिने

काठमाडौं—हिमालयन बैंकले सञ्चालन गरेको इकमर्स पेमेन्ट गेटवेको मद्दतबाट बुद्ध एयरका कुनै पनि गन्तव्यका टिकट खरिद गर्न सकिने भएको छ। भिषा वा मास्टर कार्ड भएका नेपालीले घर वार कार्यालयमै बसीबसी केही क्लिकका भरमा यात्रुले बुद्ध एयरको आधिकारिक वेबसाइटबाट टिकट किन्न सक्नेछन्।

मोबाइल एपबाट उडान तालिका तथा सस्तो भाडादरबारे पनि लिन सकिने जनाइएको छ। यसअघि यो सुविधा विदेशी नागरिकका लागि मात्र थियो। नेपालीले इसेवा प्रयोग गर्नुपर्ने अवस्था थियो।

भिसा तथा मास्टरकार्ड मद्दतले नेपालसँगै भारतीय नागरिकले पनि टिकट खरिद गर्न सक्नेछन्। नेपाल, भारत, शरणार्थी तथा नेपालमा लामो समयसम्म बस्ने यात्रुले पनि नेपाली रुपैयाँमै टिकट खरिद गर्न सक्छन्। अन्यले भने अमेरिकी डलरमा खरिद गर्नुपर्ने जनाइएको छ। यसरी टिकट किन्दा यात्रुले अतिरिक्त शुल्क तिर्नु पर्दैन।

बुद्ध एयरले २ बीच एयरक्राफ्टबाट ७ एटिआर जहाजबाट मुलुकभर हवाइ सेवा उपलब्ध गराउँदै आएको छ। देशबाहिर भारतको वाराणसी नियमित र भुटानको पारो चार्टड उडान गरिरहेको छ। आउँदो अक्टोबरदेखि बुद्धले सेवा सञ्चालनको दुई दशक पूरा गर्दैछ। 

प्रकाशित: २८ भाद्र २०७४ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App