७ वैशाख २०८१ शुक्रबार
समाज

ओलीलाई तीन लाख २५ हजार हस्तान्तरण

भक्तपुर –  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले रु तीन लाख २५ हजार ७८० बुझाएको छ। 

ओली निवास बालकोटमा पुगेर टोलीले एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गर्ने गरी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरेको हो ।

रकम बुझ्दै एमाले अध्यक्ष ओलीले नेपालको जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताउँदै द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने जिकिर गरे। रासस 

प्रकाशित: २८ भाद्र २०७४ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App