७ वैशाख २०८१ शुक्रबार
समाज

गाईथुने घाटमा पक्की पुल बनाउन माग

फलेवास –  दक्षिण पर्वतको बिहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिका जोड्ने गाईथुने घाटमा कालीगण्डकी नदीमाथि पक्की पुल बनाउन स्थानीयबासीले माग गरेका छन्। 

कालीगण्डकी करिडोर र कालीगण्डकी राजमार्ग जोडिने र यसले त्यस क्षेत्रका धेरै जनता लाभान्वित हुने भन्दै बिहादीको बाच्छाका बासिन्दाले यस्तो माग गरेका छन्। 

बाच्छाका स्थानीयले गाउँमा आमभेला राखेर पुल निर्माणका लागि जनप्रतिनिधिदेखि राजनीतिक दलका नेतालाई बुझाएका हुन् । चुनावअगावै जसले पुल निर्माणमा सहयोग गर्छ, उसैको पक्षमा मत जाने भन्दै स्थानीयले जनताको अत्यावश्यक कामको छिटो सम्बोधन हुनुपर्ने बताए। 

“आम भेलाको निर्णय सडक डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र सांसदसमक्ष पु¥याएका छौँ” बाच्छाका सेवकनाथ आचार्यले भने । उनले राजनीतिक तहकै पहलमा पक्की पुलको योजना पर्न सम्भव रहेको भन्दै जसले सहयोग गर्छ उसैको पक्षमा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत जाने बताए। 

यो पुल निर्माणपछि विशेषगरी बागलुङको दक्षिणी भेगका बासिन्दालाई पोखरा, काठमाडौँ, बुटवल जाने बाटो छोटिनेछ । पुल बनेपछि बिहादी गाउँपालिकाको बाच्छा क्षेत्रमा चहलपहल बढ्ने आचार्यले बताए। 

“बागलुङको जैमिनी नगरपालिकास्थित छिस्ती र बिहादी गाउँपालिकाको बाच्छामा पक्की पुल तत्काल आवश्यक देखिएको छ” उनले भने– “पुलले कालीगण्डकी करिडोर र राजमार्गलाई समेत जोड्नेछ।” 

बाच्छाका स्थानीय भीमबहादुर खड्काले पक्की पुल निर्माणका लागि सांसद अर्जुनप्रसाद जोशी र सडक डिभिजन कार्यालयमा निर्णयसहित माग गरिएको जानकारी दिए। 

खड्काले कालीगण्डकी वारी र पारी पारिवारिक सम्बन्धदेखि धेरै काम हुने भएकाले पक्की पुल नहुँदा गाडीमा १० मिनेटमा पुगिने ठाउँमा घुमेर घण्टौँ लगाउनुपर्ने उनले बताए। 

यो पुलले बिरामी भएका व्यक्तिलाई तत्काल अस्पताल पु¥याउन समेत सहज हुने बाच्छाका शिक्षक राजेन्द्र आचार्यले जानकारी दिए। रासस 

प्रकाशित: २८ भाद्र २०७४ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App