८ वैशाख २०८१ शनिबार
समाज

ठक्कर दिने मोटरसाईकल पहिचान नहुँदा अस्पतालमा शब

नेपालगन्ज- ठक्कर दिने मोटरसाईकललाई प्रहरीले पहिचान गर्न नसकेको भन्दै मृतकका आफन्तले शब बुझ्न मानेका छैनन्। हुम्ला, खार्पुनाथ गाउँपालिका–५ खर्पेल गाउँ निवासी १६ बर्षिया जौमती भण्डारीको यही भदौं २४ गते बेलुका करिव ६: ५० बजेतिर मोटरसाईकलको ठक्करबाट मृत्यु भएको थियो।

 स्वास प्रश्वास सम्बन्धी समस्याको उपचार गराउन नेपालगन्ज आएकी जौमतीलाई राँझास्थित एयरपोर्ट नजिक रहेको जिम क्लब अगाडी तिब्र गतिमा गुडेको एक मोरटसाईकलले ठक्कर दिएको थियो । आफन्तका अनुसार ठक्करबाट गम्भिर घाईते भएकी उनलाई उपचारका लागी सुरुमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्‍याईएको थियो । त्यहाँ सम्भव नभएपछि भारतको लखनउ लगिएकोमा उपचारका क्रममा मृत्यु भयो ।

 मृतकका आफन्तले ठक्कर दिने मोटरसाईकलको पहिचान नहुँदा सम्म शब नबुझ्ने अडान राख्दै आएका छन् । मृतकको शव नेपालगन्ज मेडिकल कलेजमा राखिएको छ । मृतकका दाई राज भण्डारीले ठक्करदिने मोटरसाईकल र व्यक्ति पहिचान नहुँदा सम्म शब नउठाउने बताएका छन् । ‘प्रहरीले चाहेमा जिम क्लब अगाडी राखिएको सिसी क्यामेराको भिडियो हेरेर मोटरसाईकल सजिलै पहिचान गर्न सक्छ,’ उनले भने ‘प्रहरीले यस घटनामा त्यति चासो नदिएको अनुभुती भयो ।’ स्थानीय बासिन्दाका अनुसार तिब्र गतिमा गुडेको मोटरसाईकलमा तीन जना युवा सवार थिए । हेलमेट समेत नलगाएका ती युवाहरु युवतीलाई ठक्कर दिए लगत्तै मोटरसाईकल उठाएर भागेका थिए । दुर्घटना लगत्तै ठुलो संख्यामा स्थानीय बासिन्दा जम्मा भएपनि उनीहरुकै अगाडी ती युवाहरु भागेको आफन्तले जिकिर गरेका छन् । ‘स्थानीय बासिन्दाकै अगाडीबाट युवाहरु भागेका कारण उनीहरु टाढाका हुनै सक्दैनन,’ भण्डारीले भने ।

    ठक्कर दिने मोटरसाईकल पहिचान गर्न नसकेको प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ । किशोरीलाई ठक्कर दिएको आशंकामा ईलाका प्रहरी कार्यालय कोहलपुरले केही मोटरसाईकललाई नियन्त्रणमा लिएको बताइएको छ । ईप्रका कोहलपुरका प्रमुख (डिएसपी) यज्ञप्रसाद भट्टराईले ठक्कर दिने मोटरसाईकलको एक/दुई दिनभित्र पहिचान हुने बताए।

प्रकाशित: २७ भाद्र २०७४ १४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App