७ वैशाख २०८१ शुक्रबार
समाज

किर्ते मुद्दाका दोषी पूर्वगाविस अध्यक्ष पक्राउ

सिन्धुपाल्चोक-  सरकारी छाप दस्तखत तथा नागरिकता र राहदानी किर्ते गरेको दुई मुद्दामा २३ महिना कैद सजायँ पाएका पूर्वगाविस अध्यक्ष पक्राउ परेका छन्। दोषी ठहर भएपछि १० वर्षदेखि फरार तत्कालीन मेलम्ची गाविसका पूर्वअध्यक्ष कुमार पाण्डे मंगलबार पक्राउ परेका हुन्।

काभ्रेपाञ्चोकको जिरोकिलोबाट पिछा थालेको प्रहरीले चौताराबाट उनलाई पक्राउ गरेको हो । जिल्ला मातपोत कार्यालयमा काम लिएर उनी सदरमुकाम आउँदै थिए । सूचनाका आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराइएको जिल्ला प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले बताए ।

अदालतले उनलाई कानुनी प्रक्रिया पूरा गरी कैद भूक्तानका लागि साँझै जिल्ला कारागारमा बुझाएको छ । तर भूकम्पपछि जिल्लामा कारागार नरहेकाले पाण्डेलाई प्रहरी हिरासतमा थुनिएको छ । भूकम्पबाट कारागार क्षतिग्रस्त छ । बुधबार थुन्नका लागि उनलाई अन्यत्रै कारागार लगिने बताइएको छ । भूकम्पमा कारागारबाट भागेका २ सय १६ र अन्य समयमा विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहँदै आएका कैदी, बन्दी नियन्त्रणमा लिन प्रहरीले अभियान चलाइ रहेका बेला पाण्डे पक्राउ परेका हुन् ।

२०६३ मा दायर सरकारी छाप दस्तखत किर्ते मुद्दामा २०६४ माघ १५ गते सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकेको थियो । यसअघि सोही वर्ष दायर नागरिकता र राहदानी किर्ते सम्वन्धी अर्को मुद्दामा अदालते उनलाई २०६४ वैशाख १३ गते फैसला सुनाउँदै ११ महिना कैद र १ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो ।

नापी र मालपोत कार्यालयमा बिचौलिया गरी स्थानीयको जग्गा ठगीमा चर्चित रहेका पाण्डे यसअघि खुलेआम राजधानी, मेलम्ची र चौतारा हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ गरेको थिएन । फरक प्रकृतिका दुई मुद्दामा कैद तोकिए पनि ठूलो सजाय हुने कानुनी व्यवस्थाअनुसार उनी एक वर्ष कैद बस्नुपर्ने अदालतका स्रेस्तेदार महेन्द्र कार्कीले बताए।

प्रकाशित: २७ भाद्र २०७४ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App