"

किरण र नङ्सल उत्कृष्ट वर्ष खेलाडी

मङ्गलबार, २७ भदौ २०७४, ०८ : ५६ नागरिक


काठमाडौं- फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि गर्ने पल्सर स्पोटर््स अवार्डमा राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणले ब्याड्मिन्टनका रत्नजित तामाङ, क्रिकेटका शरद भेषावकर, एथ्लेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठलाई पछि पार्दै पुरस्कार जिते । व्यावसायिक फुटबलका लागि माल्दिभ्समा रहेकाले किरण सोमबार अवार्ड कार्यक्रममा उपस्थित थिएनन् । उनको अवार्ड उनकी आमाले लिएकी थिइन् ।

महिलातर्फ रत्नजितकी दिदी नङ्सलले आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी कान्छीमाया कोजु, फुटबलकी सावित्रा भण्डारी र एथ्लेटिक्सकी सरस्वती भट्टराईलाई पछि पारिन् ।

अवार्ड जितेपछि नङ्सलले उपलब्धि प्रशिक्षक र परिवारलाई समर्पण गरिन् । ‘यो अवार्ड पाउँदा धेरै खुसी छु । निरन्तरको मिहिनेतको कदर भएको छ । मलाई साथ दिने प्रशिक्षक तथा परिवार र सिटिजन्स बैंकप्रति आभार प्रकट गर्न चाहन्छु । यसमा ब्याड्मिन्टन संघ विशेष धन्यवादको हकदार हो,’ उनले भनिन् ।

वर्ष २०७३ को प्रदर्शनका आधारमा विभिन्न ९ विधामा उत्कृष्टलाई पुरस्कृत गरिएको अवार्डको युवा विधामा जुडोकी मनिता श्रेष्ठ प्रधानले बाजी मार्दा प्रशिक्षकमा एथ्लेटिक्सका पुष्पराज ओझा विजयी भए ।

‘निरन्तर मिहिनेत गर्दै अघि बढे अवश्य सफलता हात पर्छ भन्ने पुष्टि भएको छ । मेरो कामको उचित कदर भएको छ । खेलाडीले सफलता हात नपारेको भए म यो अवार्डको हकदार हुने थिइनँ । त्यसैले खेलाडीलाई धन्यवाद दिन चाहन्छु,’ उत्कृष्ट प्रशिक्षक घोषित भएपछि ओझाले भने ।

यसै गरी खेलप्रेमीको एसएमएस तथा फेसबुक लाइकका आधारमा निर्णय गरिने पिपुल्स च्वाइस विधामा अवार्ड जित्दै कान्छीमायाले महिला विधाको निराशा मेटाइन् । कान्छीमायाले आफूलाई भोट हाल्ने समर्थकलाई धन्यवाद दिँदै यसबाट आगामी दिनमा थप मिहिनेत गर्न ऊर्जा मिलेको प्रतिक्रिया दिइन् ।

यसै गरी गल्फका घनश्याम थापाले लाइफटाइम एचिभमेन्ट अवार्ड पाउँदा आमा–बाबु जेलमा भएका बालबालिकाहरूको सहयोगका लागि स्थापित बन्दी सहायता नियोग (पाम) ले विशेष पुरस्कार पायो भने क्रिकेटका पदम बडेला पारा एथलिट अफ दी इयरबाट सम्मानित भए । यसै वर्ष राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको पुरुष टोली टिम अफ दी इयर घोषित भई सम्मानको हकदार बन्यो ।

युवामा मनिताले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पारेकी थिइन् । यसै गरी प्रशिक्षकमा ओझाले क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र मेघराज केसी तथा ब्याड्मिन्टनका किरण थापालाई पछि पार्दै उपाधि जिते । पिपल्स च्वाइसमा पौडीकी गौरिका सिंह, क्रिकेटका दीपेन्द्रसिंह, जुडोकी फुपुल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठलाई उछिन्दै कान्छीले अवार्ड जितेकी थिइन् ।

मञ्चले उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधामा पाँच÷पाँच खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरेको थियो । त्यसमध्ये पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउँदा वर्ष टोलीबाहेक अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

पल्सर स्पोर्ट्स अवार्ड २०७३

उत्कृष्ट पुरुष : किरणकुमार लिम्बु

उत्कृष्ट महिला : नङ्सल तामाङ

उत्कृष्ट प्रशिक्षक : पुष्पराज ओझा

पिपुल्स च्वाइस : कान्छीमाया कोजु

उत्कृष्ट युवा : मनिता श्रेष्ठ प्रधान

लाइफ टाइम अभिचमेन्ट : घनश्याम थापा

विशेष : बन्दी सहायता नियोग (पाम)

उत्कृष्ट पारा एथलेट : पदम बडेला

उत्कृष्ट टोली : भलिबल






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

आलिया भट्ट र विक्की कौशल स्टारर फिल्म ‘राजी’ २ सय करोड क्लबमा प्रवेश गरेको छ। ...

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

‘चारदाम’सँगै सकियो सेलो महोत्सव

तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको नाटक ‘चारदाम’को मञ्चनसँगै राजधानीमा तीन दिनदेखि जारी ‘सेलो नाट्य महोत्सव २०७५’...

‘कस्मिक लभ’ मा अर्पण र दिया

‘कस्मिक लभ’ मा अर्पण र दिया

अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्केलाई प्रमुख भूमिकामा अनुबन्ध गर्दै फिल्म ‘कस्मिक लभ’को घोषणा गरिएको छ। ...

कलेज एम्बेसडरका प्रतिभा

उपत्यकाका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीबीचको सौन्दर्य प्रतियोगिता ‘द कलेज एम्बेसडर २०१८’ का १५ प्रतियोगीले प्रतिभा प्रस्तुत गरेका छन् । राजधानीमा...