४ वैशाख २०८१ मंगलबार
समाज

निगम घोटालाको श्वेतपत्र जारी गर्न माग

काठमाडौं— भ्रष्ट्राचारविरुद्ध कार्यरत अन्तरार्ष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयल निगम जग्गा खरिदमा भएको घोटालाबारे श्वेतपत्र जारी गर्न माग गरेको छ।

'संसद अधिवेशन चलिरहेको अवस्थामा समेत सत्ता पक्ष र विपक्ष तैँ चुप मै चुपको अवस्थामा रहने व्यवहारले भ्रष्ट्राचार नियन्त्रण अभियान कुन दिशातर्फ लम्किरहेको छ भन्ने बुझ्न धेरैलाई कठिन नहोला', विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष श्रीहरि अर्यालले एक विज्ञप्ति जारी गर्दै सोमबार सरकारलाई जिम्मेवार बनाउने प्रतिपक्षले पनि यो विषयमा सरकारलाई संसदमा आफ्नो धारणा राख्न बाध्य पार्न नसकेको उल्लेख छ। 

जग्गा खरिद प्रकरणमा भएको घोटालाबारे प्रधानमन्त्रीले छानवीन गर्न दिएको आदेश कार्यान्वयन नभइरहेको सन्दर्भमा सरकार सधैँ पन्छिएर बस्न नमिल्ने जनाएको छ। 'संसद अधिवेशन चलिरहेको अवस्थामा समेत सत्ता पक्ष र विपक्ष तैँ चुप मै चुपको अवस्थामा रहने व्यवहारले भ्रष्ट्राचार नियन्त्रण अभियान कुन दिशातर्फ लम्किरहेको छ भन्ने बुझ्न धेरैलाई कठिन नहोला', विज्ञप्तिमा भनिएको छ। 

निगमको जग्गा खरिद प्रकरण सम्बन्धमा तुरुन्तै श्वेतपत्र जारी गर्न र छानवीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन टिआई नेपालले माग गरेको छ।

 

प्रकाशित: २६ भाद्र २०७४ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App