७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएन यूकेको अध्यक्षमा फगामी विजयी

एनअारएन युकेका नवनिर्वाचित अध्यक्षमा योगुकमार फगामी। तस्विरः चिरन शर्मा

लण्डन—गैर आवासीय नेपाली संघ यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन्। शनिवार भएको निर्वाचनमा फगामी १ हजार २९८ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए। त्रिपक्षीय प्रतिपर्धामा अध्यक्षका प्रत्यासीद्वय कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत प्राप्त गरका थिए।

संघको उपाध्यक्षमा पुनम गुरुङले १ हजार ६११ मत, शेरबहादुर सुनार १४३३ मत, डा.प्रेमबहादुर आले १२६८ मत, सुशीला राई १ हजार २०९ मत, ललितकुमार न्यौपाने १ हजार १०८ मत र प्रेम गाहामगरले १ हजार ४९ मत ल्याएर निर्वाचित भए। यसै गरी महासचिवमा राजकुमार त्रिपाठीले १ हजार ४० मत प्राप्त गर्दै बिजयी भए। महासचिवकै प्रतिद्वन्द्वीहरु फडिन्द्र भट्टराईले ८२७ मत र खुशी लिम्बुले  ६८२ मत ल्याएका थिए।
 
उपमहासचिवको कडा प्रतिस्पर्धामा विनय अधिकारीले विजय भए उनले कृष्ण तिवारीलाई पराजित गरेका हुन्।

सचिवमा तारानाथ भण्डारी, नारायण पौडेल गाउँले र सुरज मास्के विजयी भएका छन्। कोषाध्यक्षमा सचिन श्रेष्ठ र सहकोषाध्यक्षमा गजेन्द्र गुरुङ विजयी भए। युवा संयोजकमा लालबहादुर गुरुङ (एलबीजेड) र कुमार थापा निर्वाचित भए।

सदस्यहरुमा अर्कराज तिम्सिना, गंगाबहादुर राना, जीतबहादुर रानाभाट, डेबिन्द्र थापा, पवन शर्मा, पवन राई, विमला लिम्बु, मुकेश राना र होमनाथ पौडेल निर्वाचित भएका छन्।

आईसीसी सदस्यमा शान्ति थापा कुँवर, जयप्रकाश गुरुङ र कुमारी गुरुङ विजयी भए। नवनिर्वाचित पदाधिकारीहरुलाई आइतवार अल्डरशटमा आयोजित एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका केन्द्रिय प्रतिनिधि तथा यूरोप संयोजक कुल आचार्यले प्रमाणपत्र प्रदान गरेका थिए। 

प्रकाशित: २६ भाद्र २०७४ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App