मलेसिया —एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बलिङ र फिल्डिङमा बलियो मानिएको नेपालले थाइल्यान्डविरुद्धको खेलमा अाफ्नो बलियो पक्षलाई निर्णयाक बनाउन सक्यो।
मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो। टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो।
मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो। टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनाएको थियो।
नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउनबाट नौ रनले चुकेका साहले ७४ बलको सामना गर्दै पाँच छक्का र ६ चौका प्रहार गरे। प्रनित थापा मगरले ६१ बलमा एक छक्का र तीन चौकासहित ५० रन बनाए। सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरीले २२, पवन सर्राफले २२ र आसिफ शेखले २१ रन बनाए।
नेपालको घातक बलिङका सामू थाइलैण्ड निरिह देखियो। कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सन्दिपले सात विकेट लिने क्रममा चार ओभर बलिङ गरी मात्र ६ रन खर्चिए । कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटानविरुद्ध खेल्नेछ। नेपालले बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। फाइनल पुग्ने टोली यू–१९ एसिया कपका लागि छनोट हुने छन्।
प्रकाशित: २६ भाद्र २०७४ ०८:१७ सोमबार