"

शहिद परिवारलाई टिकट नदिँदा मतदाता दुःखी

आइतबार, २५ भदौ २०७४, १३ : ३८ नागरिक


गौशाला –  मधेश आन्दोलनका क्रममा गत वर्ष भदौ २३ र २५ गते आफ्ना छोरा र बाबु दुवै गुमाएका महोत्तरी, जलेश्वर नगरपालिका–८ का शहिद परिवारलाई राजपाले टिकट नदिँदा स्थानीय मतदाता दुःखी भएका छन्। 

स्थानीय तहको तेस्रो चरणको चुनावमा राजपा जाने निश्चित भएकै दिनदेखि जलेश्वर– ८ का बाबु र छोरा गुमाएका विनय चौधरीलाई टिकट दिने निश्चित गरिसकेको राजपाले अन्तिम अवस्थामा आएर नदिएपछि मतदाता खुसी छैनन् । सदरमुकाम जलेश्वरमा गत वर्ष भदौ २३ गते ट्युसन पढेर फर्किने क्रममा आफ्ना १६ वर्षीय छोरा रोहन र २५ गते जलेश्वर – ८ स्थित बजारमा तरकारी किन्न गएका बेला प्रहरीले गोली हान्दा बुबा ७० वर्षीय गणेशप्रसादको निधन भएको थियो । विनयलाई जलेश्वरका सबै मतदाताले टिकट दिनुपर्ने माग गर्दै आएका थिए । उनले जलेश्वर नगरपालिकाको कुनै मुख्य पदमा टिकट पाउनेमा सबै जना विश्वस्त थिए। 

राजपाले विनयलाई नगरपालिकाका कुनै मुख्य पदमा मात्र नभएर आफ्नै वडाको वडाध्यक्ष वा वडा सदस्य पदमा समेत उम्मेदवार बनाएको छैन। राजपाले विनयलाई उम्मेदवार नबनाएर शहीद परिवारको अपमान गरेको स्थानीय मतदाता मनोजकुमार ठाकुरको बुझाइ छ। 

राजपा महोत्तरीका अध्यक्ष मण्डलका तमलोपा जिल्ला अध्यक्ष अभिराम शर्माले राजपाले नगरपालिकामा जितेपछि मनोनयन हुने पदमा उनलाई दिइने बताए। 

राजपाले जलेश्वर नगरपालिका प्रमुख पदमा रामशंकर मिश्रलाई उम्मेदवार बनाएको छ। त्यस्तै एकै परिवारका हजुरबा र नाति शहीद भएका वडा नं ८ बाट शहीद परिवारको कुनै सदस्यलाई नभएर राजपा गठबन्धनमा रहेका सद्भावना पार्टीका नेता सुरेश सिंहका भाइ नरेशलाई उम्मेदवार बनाइएको छ। 

राजपाले शहीद परिवारलाई टिकट नदिएर अन्याय गरेको आरोप लगाउँदै जलेश्वर नगरपालिकाका मतदाता मुसाफिर साहले पनि निराशा व्यक्त गरेका छन्। महोत्तरीमा गत वर्ष मधेश आन्दोलन चलेको बेला एक महिलासहित नौ जना शहीद भएका थिए । सञ्जीतकुमार मण्डल /रासस 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

‘रेस ३’ सय करोड क्लबमा

‘रेस ३’ सय करोड क्लबमा

शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ ले सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...