६ वैशाख २०८१ बिहीबार
कला

डिमर्चाको दशैं कोशेली

काठमाडौं-  पोखरेली संगीत व्यान्ड 'डिमर्चा' ले दशैं कोशेली ल्याएको छ। डिमर्चाका झ्याम्म झ्याम्म…, कैलाशमा महादेव, झ्याम्मै चौतारी..लगायतका गीत लोकपप तथा फंकी गीतको सफलता पछि दशैं गीत ल्याएको भोकलिस्ट भाष्करध्वज श्रेष्ठले बताए।

डिमर्चाको नयाँ गीत दशैं आयो…पनि फंकी नै रहेको श्रेष्ठले बताए। संगीतमा निरन्तर अघि बढ्नको लागि व्यान्डलाई पुनसंरचना गरेर अघि बढेको उनले बताए। व्यान्डमा नयाँ सदस्यहरु थपेर संगीत सर्जनामा निरन्तरता दिन लागिएको श्रेष्ठ भनाई छ। श्रेष्ठ व्यान्डका मुख्य भोकलिष्ट हुन्। श्रेष्ठका अनुसार व्यान्डमा बेस गीतारमा वीरेन्द्र पुन, लिड गीतारमा सञ्जय नेपाल र ड्रममा प्रज्वल विके थपिएका छन्। व्यान्डमा रहेर संगीत सृजनामा रम्न पाउँदा खुशी लागेको वीरेन्द्र पुनले बताए। डिमर्चाले यस अघि पाँचवटा एल्वम निकालिसकेको छ।

दशैं आयोको भिडियो समेत आउन लागेको श्रेष्ठले बताए। 'ए हो…भन्ने र्‍याप पनि सर्वाजनिक हुँदैछ', उनले भने,' घर्र घर्र पानी खट्ट…, जिन्दावाद, जिन्दावाद…गीत रेकर्डमा छ।'

प्रकाशित: २३ भाद्र २०७४ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App