७ वैशाख २०८१ शुक्रबार
अर्थ

जुफाल विमानस्थलमा परिक्षण उडान हुँदै

जुम्ला – कर्णालीको डोल्पा जिल्लामा रहेको जुफाल विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपालगञ्जबाट जहाजले यो विमानस्थलमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय डोल्पाले जनाएको छ। आयोजना प्रमुख वीरप्रसाद शाहीका अनुसार सफल परिक्षण उडान पछि नियमित रुपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

यो विमानस्थलमा कालोपत्रे गर्नका लागि असार १ देखि उडान बन्द गरिएको थियो। जसका कारण डोल्पा देखि सुर्खेत, नेपालगञ्ज आवजावत गर्ने यात्रु मर्कामा परेका थिए । प्राधिकरणका अनुसार ५ सय ६० मिटर लम्बाइ रहेको विमानस्थलको ५ सय २० मिटरमा कालोपत्रे पूरा भइसकेको छ । रोलर मेसिन बिग्रिएका कारण थोरै मात्रमा विमानस्थलको कालोपत्रे हुन हुन सकेको छैन । कालोपत्रे भएको स्थानमा जहाज बस्न सक्ने भएकोले वाँकी भागमा पछि कालोपत्रे गरिने विमानस्थल कार्यालयले जनाएको छ । 

अहिले रुकुम र जाजरकोटको सडक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो । हप्तौ हिडेर यात्रा गर्नु पर्ने अवस्थाबाट मुक्ति मिल्ने डोल्पावासीले जनाएका छन् ।

प्रकाशित: २३ भाद्र २०७४ ०५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App