६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

दक्षिण भारतमा बस विसौनीको छाना खस्दा नौ जनाको मृत्यु

नयाँ दिल्ली –  दक्षिण भारतमा बिहीबार बस विसौनीको छाना खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशङ्का गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। 

तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको छाना भत्किँदा भएको दुखद् घटनामा केही जनाको मृत्यु भएको तर मृतकको एकीन सङ्ख्याबारे पुष्टि भैनसकेको कोइम्वतुरका एक उच्च अधिकारीले बताए । 

छानामूनि थप व्यक्ति परेको हुनसक्ने सूचनाका आधारमा बिहीबार साँझसम्म उद्धार जारी रहेको उनले बताए । घटनापछि सुरक्षाकर्मी तथा स्थानीय युवाको पहलमा तत्कालै उद्धार शुरु भएको थियो। 

प्रहरीले छाना भत्किनुमा को दोषी भन्ने विषयमा छानविन शुरु गरिएकोले थप कुरा अनुसन्धानपछि मात्रै बताउन सकिने जनाएको छ। 

गत महिना यस्तै एक घटनामा भारतीय आर्थिक राजधानी मुम्बईमा २१ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । भारतमा कमजोर भौतिक संरचनाका कारण पटक पटक यस किसिमका दुर्घटना हुँदा वर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाएका छन्। 

प्रकाशित: २२ भाद्र २०७४ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App